झापाको बिर्तामोड–२ स्थित चारपानेमा चुला रेष्टुरेन्ट पार्क सञ्चालनमा ल्याइएको छ । पूर्व रामचोक पश्चिम दक्षिणपट्टी युवा ब्यवसायी देव संग्रौला र रिना ओडारी संग्रौलाले चुला रेष्टुरेन्ट पार्क सन्चालनमा ल्याएका हुन् । उक्त पार्कको एक कार्यक्रमकाबिच आज युवा नागरिक समाजका केन्द्रिय अध्यक्ष केशव भण्डारी र प्रोपर्टी डिलर्स झापाका अध्यक्ष रोशन बोहोराले संयुक्त रुपमा उद्धघाटन गरेका छन् ।
शान्त तथा पारिवारिक वातावरण पार्कमा ७ वटा प्राइवेट क्याविनसहित बालबालिकाका लागि मिनी गार्डेन समेत छ । त्यस्तै २५ जनाबढीका लागि सामुहिक कार्यक्रम गर्न हल समेतको व्यस्था रहेको सञ्चालकले जनाएका छन् ।
होटलमा हांसाको छोयला, लोकल कुखुराका बिभिन्न परिकारसहित खाजा तथा पेर्य पदार्थहरु उपलब्ध हुने सञ्चालक तथा युवा नागरिक समाजका केन्द्रिय उपाध्यक्षसमेत रहेका देब संग्रौलाले जानकारी दिए । संग्रौलाका अनुसार स्वच्छ र सफा परिकार न्यून दर रेटमा उपलब्ध हुनेछ ।
उद्घाटनको अवसरमा होटलमा आउने पाहुनाकालागि १० दिनसम्म बिशेष छुटको ब्यवस्था रहेको सञ्चालक रिनाले बताइन् । रिनाका अनुसार उक्त स्थानमा यसअघि सञ्चालन रहेको होटललाई नयां व्यस्थापनबाट सञ्चालन गरिएको हो । संरचना निमार्ण गरी थप सेवासुबिधा बृद्धि सहित नयाँ ब्यवस्थापनमा चुला सञ्चालनमा आएको हो । ३५ लाख वढी लगानीमा सञ्चालनमा ल्याएको होटलमा ४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
उद्घाटन कार्यक्रममा शंकर अस्पताल प्रालिका प्रवन्ध निर्देशक, श्रीखण्ड आगमन नेपाली ब्राण्डका उद्यमी तथा युवा नागरिक समाज अर्जुनधारा नगर अध्यक्ष सुजन शिवाकोटी, युवा नागरिक समाजका केन्द्रिय सदस्य रन्जन मल्लिक लगायत १०० जनाको उपस्थिति रहेको थियो ।







