इलाम । इलामको रोङ गाउपालिका १ शान्तिपुर स्थीत मा रहेको ज्योति आधारभूत बिद्यालय ठूटे नेहितमा बिद्यालय ब्यवस्थापन समिति गठन भएको छ ।
गोबिन्द कटेलको अध्यक्षतामा बनेको ब्यवस्थापन समितिको सदस्यहरुमा अम्बर बहादुर राई, झल कुमार लकान्द्री, पुस्पिता अधिकारी, सम्झना शुब्बा र सदस्य सचिबमा बिद्यालयका प्रधानाध्यापक नन्दलाल शिबाकोटी रहेका छन् ।
त्यसैगरी राजकुमार राईको सम्योजकत्वमा शिक्षक अभिभावक सघ पनि गठन भएको छ । रोङ १ का वडाअध्यक्ष बुध्दीबहादुर ढकालको प्रमुख आतिथ्यता र बिद्यालय ब्यवस्थापन समितिका निबर्तमान अध्यक्ष खड्ग राईको सभापतित्वमा अभिवाक भेलामा समितिहरु गठन भएको हो ।
Advertisement







