ओली वशं केन्द्रिय समन्वय समितीको नवौ राष्टिय महाधिवेसनबाट उमेश चन्द्र ओलीको अध्यक्षतामा २१ सदस्यीय केन्द्रिय समिती सर्वसम्मत निर्वाचित भएको छ ।
आज शनिवार झापाको विर्तामोड स्थित ओली भवनमा भएको नवौ महाधिवेसनबाट उमेशचन्द्र ओलीको अध्यक्षतामा २१ सदस्यीय केन्द्रिय समिती निर्वाचित भएको हो ।
समितीको सरक्षंक नारायण ओलीको प्रमुख आथित्यतामा भएको महाधिवेसनले बरिष्ठ उपाध्यक्षमा इटहरीका शिक्षासेवी जगदिश ओलीलाइ निर्वाचित गरेको छ भने उपाध्यक्षमा दागंका मिन बहादुर ओली र काठमाडौका बरिष्ठ अधिबक्ता केशवमणि ओलीलाइ निर्वाचित गरेको छ ।
त्यस्तै महासचिवमा विर्तामोडका पुर्व क्याम्पस प्रमुख मोहन प्रसाद ओली तथा सचिवमा लुम्विनी प्रदेशका जागेश्वर अोली, काठमाडौका पुर्व प्रजिअ जिवन ओली,चितवनका नारायण ओलीलाइ निर्वाचित गरेको हो ।
त्यस्तै कोषाध्यक्षमा झापाका श्री गौरी अम्विका स्मृति प्रतिष्ठानका यज्ञराज ओली ,निर्वाचित भएका छन भने सदस्यहरुमा दाडंकी कोमल ओली,झापाबाट चन्द्रकला ओली ,सुनिता अोली ,दमकका रोमनाथ अोली,दोलखाबाट रामचन्द्र ओली,इटहरीबाट ओम प्रसाद ओली,अष्टेलियाबाट भवानी ओली,झापाबाट धु्र्र्रव अोली,यज्ञप्रसाद ओली,तुलसीराम ओली सहित २१ जनाको केन्द्रिय समिती निर्वाचित भएको केन्द्रिय प्रचार विभाग सयोंजक राजकुमार ओलीले जानकारी दिनुभएको छ ।
त्यस्तै महाधिवेसनले पुर्व प्रधानमन्त्री केपी ओलीको सयोंजकतोमा केन्द्रिय सल्लाहकार समिती समेत निर्वाचित गरेको निर्वाचन मण्डलले जानकारी दिएको छ ।
केन्द्रिय अध्यक्ष पुर्व नापी विभागका महानिर्देशक पुन्य प्रसाद ओलीको सभापतित्वमा भएको महाधिवेसनलाइ मेची क्याम्पसका पुर्व क्याम्पस प्रमुख तथा समितीका महासचिव उमानाथ अोलीले सन्चालन गर्नूभएको थियो ।







