नेपाल बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड ( एनएमसी ) ले सदस्य परिवारलाई सोमबार राहत रकम सहित समवेदना प्रदान गरेको छ ।
कन्काइ नगरपालिका (९ स्थित घैलाडुब्बा बजार शाखा कार्यालयले आफ्ना शेयर सदस्य घैलाडुब्बा (९ निवासी कल्याण राजवशीका परिवारलाइ नगद ७५ हजार राहत सहित समवेदना प्रदान गरेको हो ।
कनकाइ (९ स्थित घैलाडुब्बामा रहेको आदर्श माध्यमिक बिध्यालयका कर्मचारी तथा व्यवसायी समेत रहेका राजवशीको गत असोज १० गते ४३ बर्षको अल्पआयुमा निधन भएको थियो । मृतक राजवशीका १ छोरा १ छोरी , श्रीमती ,आमा र दाइ रहेका छ्न ।
कमजोर आर्थिक स्थिति भएका राजवशी परिवारलाई सस्थाले प्रदान गरेको रकमले व्यबहार चलाउन थोरै भए पनि सहायता गरेको राजवशीकि श्रीमती शाहाबानीले बताउनुभयो ।
कार्यक्रममा घैलाडुब्बा बजार कार्यालयगत उपसमितिका सयोजक गणेश प्रसाद उप्रेती , सदस्य नरमान श्रेष्ठ , सस्थाका कर्मचारी कृष्ण प्रसाद उप्रेती , बिनिता भण्डारी सुवेदी , १३ नम्बर इकाइ सयोजक रुद्र बहादुर बोहोरा , १४ नम्बर सयोजक भिम बहादुर बुढाथोकी , १५ नम्बर सयोजक खगेन्द्र प्रसाद पाण्डे ,१६ नम्बर सयोजक लेखनाथ दाहाल लगायतको उपस्थित रहेको कार्यक्रमको सचालन उपसमितिका सदस्य नरमान श्रेष्ठले गर्नुभएको थियो ।







