कनकाई । झापाको कनकाई नगरपालिका स्थित सुरुङ्गामा नबिल बैंकको शाखा सञ्चालनमा आएको छ । शाखाको उद्घाटन कनकाई नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका राजेन्द्रकुमार पोख्रेलले गरेका हुन् ।
बैंकका सिइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले अब चाडैं नविल बैक सँग मिलेर कनकाईबासीहरुका लागि स्वरोजगार तथा आत्मनिर्भर बन्ने कृषक लक्ष्ति कार्यक्रममा सम्झौता हुन लागेको जानकारी गराए ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, अन्य बैंकका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी लगायत २ सय बढी मानिसको उपस्थिति रहेकोे थियो ।
कार्यक्रमको स्वागत तथा औचित्यमाथि प्रकाश नबिल बैंक मेची कलस्टर प्रमुख सरोज श्रेष्ठले गरेको कार्यक्रममा नगर उप–प्रमुख आशा शर्मा शिवाकोटी, प्रदेश नं. १ उद्योग वाणिज्य संघ सदस्य कुमारमणी पोखरेल, नेकपा एमाले नगर सचिव दीपक चापागाईं, कनकाई सामुदायिक बनका अध्यक्ष खेम ओली, सुरुङ्गा जेसिज अध्यक्ष सुस्मा न्यौपाने, समाजसेवी युवराज संग्रौला, शिवकुमार कडेल, कनकाई बिहानी क्लबका अध्यक्ष मनोज बस्नेत, कनकाई वडा नं.४ का अध्यक्ष रोशन सुवेदी, २ का वडाध्यक्ष प्रताप राई, ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बैंकले सुरुङ्गासहित देशभर आज मात्रै आठ वटा शाखाको उद्घाटन गरेको शाखा प्रमुख दाहाले बताए । यो वर्ष देशैभर अन्य ३० वटा शाखा सञ्चालन गर्ने लक्ष्य राखेको बैकका सिइओ ढुंगानाले जानकारी दिए ।
कार्यक्रमको संचालान नविल बैंक बिर्तामोड शाखाका कर्मचारी सरोज खतिवडाले गरेका थिए ।







