रुसले आक्रमण सुरु गरेयता एक करोडभन्दा बढी युक्रेनी विस्थापित भएका छन्।रूसले यूक्रेनमाथि आक्रमण सुरु गरेको शुक्रबार १०० दिन पुगेको छ। यो अवधिमा एक करोड २० लाख युक्रेनी नागरिक आन्तरिक तथा बाह्यरूपमा विस्थापित बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
यो अवधिमा दुवै देशका सयौँं सैनिक मारिएका छन् भने यूक्रेनी शहर भग्नावशेषमा परिणत भएका छन्। ठूलो संख्यामा सैन्य सामग्री र हातहतियार नष्ट भएको छ। गत फेब्रुअरी २४ मा रुसले तीनतिरबाट युक्रेनमाथि आक्रमण थालेको थियो।
यसैबीच युरोपेली संघले रूसबाट इन्धन ल्याउन प्रतिबन्ध लगाउने औपचारिक निर्णय गरेको छ। रूसले युक्रेनमाथि आक्रमण गरेको १०० दिन पुगे पनि आक्रमण नरोकिएकाले इन्धन आयात प्रतिवन्ध गरेर संघले दबाब दिएको हो।
Advertisement
यसअघि २७ देशले रुसका उच्च अधिकारीहरूलाई आफ्नो देशप्रवेशमा प्रतिबन्ध लगाएका छन्।







