• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बैकिङ्ग सेवाको उपलब्धता र बित्तिय साक्षरता


  •    सन्तोष बराल / शनिबार, भदौ ०६, २०७७  

  • बैकिङ्ग सेवा अति आवश्यकिय सेवाको क्षेत्र हुनाको साथै बिकासको पुर्वाधार पनि हो । देशको बिकासमा बैकिङ्ग क्षेत्रको योगदान महत्वपुर्ण हुन्छ । बैकिङ्ग सेवाको विस्तार, नियमन, नियन्त्रण र बिश्वसनियता को अगुवाई केन्द्रीय बैकले गरेको हुन्छ । यस केन्द्रीय बैकका अतिरिक्त अन्य बैकले पनि बैकिङ्ग सेवा बिकास बिस्तारमा योगदान निरन्तर गरेका हुन्छन् । नेपालमा हाल बाणिज्य बैक संख्या २७, बिकास बैक २०, बित्त कम्पनि २२ र लधु बित्त कम्पनी ८५ ओटा छन् । पुवार्धार बिकास बैक १, बिमा कम्पनी ४०, कर्मचारी संचय कोष १, नागरिक लगानि कोष १ गरी जम्मा बित्तिय संस्था १९७ ओटा छन् ।

    जस मध्ये १५४ओटा नेपाल राष्ट्र बैकबाट ईजाजत प्राप्त बैक तथा बित्तिय संस्था ,जसका साखा ९७६१ छन् । निक्षेप को औसत दर ६.१७ प्रतिसत र कर्जा को ब्याज दर औसतमा १०.४३ प्रतिसत छ । कम्तिमा एक बैक खाता भएका खातावाला को संख्या एक करोड बिस लाख छ ।अर्थात बैकिङ्ग पहुच ६०.९ प्रतिसत मा पुगेको तथ्य नेपाल राष्ट्र बैकको तथ्याङ्गक मा नै उल्लेख गरीएको छ ।

    Advertisement

    सबेै स्थानिय तहमा बाणिज्य बैक शाखा पुर्याउने लक्ष्यले यो बैकिङ्ग सेवा थप बिकसित तथा बिस्तारित हुदै गएको छ । नेपाल राष्ट्र बैक बाट ईजाजत प्राप्त बैक तथा बित्तिय संस्था मध्ये बाणिज्य बैक, बिकास बैक, बित्त कम्पनि, र लधु बित्त कम्पनीहरुमा गरी ६०.९ प्रतिसत नेपालीको निक्षेप खाता रहेको छ । साथै करिब २२ प्रतिसत जनसंख्याको सहकारी संस्थामा खाता रहेको, १४ प्रतिसत जनसंख्याको लधु बित्त संस्थामा खाता रहेको, १९ प्रतिसत जनसंख्या बिमामा आबद्व भएको सरकारी तथ्याङ्गक छ । त्यसैगरी धितो पत्र अन्तगत हितग्राही खाता कुल जनसंख्याको ५.३ प्रतिसत रहेको छ ।

    Advertisement

    नेपाल सरकारले सबै नेपाली को बैक खाता खोल्ने अभियान २०७६ बि स २०७६ बैसाख १ देखि लागु गर्यो । त्यस लाई प्रत्साहन गर्ने उदेश्यले नेपाल राष्ट्र बैकले बैक तथा बित्तिय संस्था लाई सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्च बाट कार्य गर्ने गरी “खोलौ बचत खाता अभियान २०७६” प्रोत्साहन गर्यो । नेपाली बैकिङ्ग सेवाको क्षेत्रमा मोबाईल बैकिङ्ग, एटिएम,इन्टरनेट बैकिङ्ग,यस एम यस बैकिङ्ग, शाखा रहित बैकिङ्ग को बिकास पछिल्लो समयमा तिव्र बिकास हुदै अगाडी बढेको पाईन्छ । तर पनि अझै धेरै नेपाली बैकिङ्ग सेवाको पहुँच भन्दा बाहिर छन् ।

    उनिहरु कारोबारका लागि ब्यतिगत लगानि कर्ता बाट महगो ब्याजमा कर्जा लिन बाध्य छन् । ससाना समस्या समाधान गर्न शिक्षा र स्वास्थ्यका लागि समेत महगो ब्याजमा ऋिण लिन पर्ने वा आफनो स्थिर सम्पति बेच्न पर्ने अवस्था छ। त्यसैले पनि नेपालमा बितिय साक्षरता अझ महत्वपुर्ण छ । सबै देशहरुले आफनो देशको बिकास र आवस्यकता अनुसार बित्तिय साक्षरता कार्यक्रम चलाई रहेका हुन्छन् । बिकसित देशहरुले नयाँ प्रबिध,बिकास प्रयोग, जोखिम ब्यवस्थापन गरी भुल, त्रुटी,छलकपट, जालसाझि बाट बच्ने,समय लाई बचाउने,बिश्वसनिय बैकिङ्ग सेवा प्रणली बिकास गर्नमा केन्द्रित बित्तिय साक्षरता कार्यक्रम चलाउँछन् । तर बिकासोन्मुख राष्ट्रमा बित्तिय साक्षरता कार्यक्रम बैक खाता खोल्ने, बचत गराउने,कर्जा प्रवाह गर्ने जस्ता बिषयमा केन्द्रित रहन्छन् ।

    दिर्धकालीन बित्तिय सुरक्षका लागी बित्तिय स्रोतहरु लाई प्रभाबकारी रुपमा ब्यवस्थापन गर्ने क्षमता नै बित्तिय साक्षरता हो । बित्तिय साक्षरतालाई सामान्यतया आम्दानी, खर्च,बचत, लागानी र कर्जा लगायतका बिभिन्न पद्वतिका बिषयमा जानकारी दिने शिक्षाको प्रकारको रुपमा बुझिन्छ । मानिसले वित्तिय शिक्षा बाट साधनको उपयोग र बचत गर्ने, सिप प्राप्त गरी कमाउने, बचाउने, खर्च गर्ने,ऋण लिने, लगानी गर्ने जस्ता कार्यहरु सम्पादन गर्न वित्तको आवस्यक पर्दछ जस ब्यवस्थापनमा वित्तिय साक्षरता ले सहयोग गर्दछ । मुख्य गरी कम आय हुने व्यत्तिहरु लाई बितिय साक्षरताको अझ बढी महत्वपुर्ण हुन्छ । वितिय साक्षरताका मुख्य तत्वहरु निम्न अनुसार छन् ।

    १. बजेटीङ्ग

    २. व्याजको प्रभाव

    ३. बचत

    ४. लगानी

    बितिय साक्षरता कम आय हुने व्यत्तिहरु लागि महत्वपुर्ण छ ,जसलाई बुँदागत रुपमा निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।

    १. वितिय स्रोत साधनको उच्चतम उपयोग का लागि

    २. आर्थिक गतिबिधिहरुको समसामयिक बिस्लेषण गर्न

    ३. आर्थिक अवस्थामा सुधार

    ४. सामाजिक व्यवाहार सुधार बाट आर्थिक परिर्वतन

    ५. जनतालाई बैकिङ्ग कारोवार मा जोड्न

    वित्तिय साक्षरताको मुख्य उदेश्य जनतालाई बैक तथा वित्तिय सस्थाको सेवा बारेमा जानकारी गराउँदै ति सेवा लिन उत्प्रेरित गराउनु हो । हाम्रो नेपाल जस्तो बिकासोन्मुख राष्टमा वित्तिय साक्षरताको काम अझ गहन हुदै, मानिस लाई उधम गर्न थप उत्प्रेरणा समेत प्रदान गर्नु पनि हो। त्यसैले वित्तिय साक्षरताले देशको आर्थिक बिकासमा सकारात्मक प्रभाब पार्दछ । निष्कर्शमा भन्नुपर्दा वितिय साक्षरताको मुलसार मानिसको आम्दानी बढाउने क्षेत्र लगानि गर्न अतिरिक्त प्रोत्साहन गर्नु हो ।

    (लेखक नेपाल बैक उर्लाबारीमा कार्यरत छन । माथि उल्लेखित विचार उनको निजि विचार हो, उनी कार्यरत संस्था सँग सम्बन्धित छैन ।)

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.