कृषि प्रधान देश भनेर नेपाल विश्वमा चिनिन्छ । वन जंगल , खोलानाला, पहाड इत्यादिले सुन्दर र स्वच्छ वातावरण भएको देश भनेर चिनिने हाम््रो देश अर्ग्यानिक उत्पादनले प्रख्यात हुनुपरने हो । तर अवस्था त्यो छैन । धेरै उत्पादन बडाउने भनि अन्य देशको सिको गरेर सुरु गरिएको रासायनिक मलको प्रयोग अहिले आएर अभिसाप बनेको छ । नेपालका खेतियोग्य जमिनकाे अहिले रासायनिक मल विना उत्पादन दिन नसक्ने स्थीती सृजना भएको छ । यसले मानव शरिरमा पुरयाउने क्षति त छदै छ । साथै यसले अन्य जमिनमा बस्ने जिवमा पनि असर पुर्याएको छ । तर त्यहि रसायन प्रयोग विना उत्पादन सम्भव छैन । बाध्यतावस प्रयोग गर्नुपर्ने यो स्थीतीमा रासायनिक मलको नाममा सरकारसँग अहिले ११ हजार एकसय मेट्रिकटन डीएपी, तीनसय ७७ मेट्रिकटन युरिया मात्र मौज्दात छ । कृषि सामग्री कम्पनी लिमिटेडको केन्द्रमा मात्र होइन, देशभरको तथ्याङ्क हो यो । मल छैन भनेर सरकारले हात उठाइसकेको अवस्था छ । याे समस्या नेपालि किषानले हरेक वर्ष झेल्दै अाएका छन ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग पनि मल मौज्दात छैन । तत्काल किसानलाई मकै र चैते धानका लागि युरिया मल चाहिएको छ । तर किसानलाई एक केजी युरिया दिने हैसियतमा सरकार छैन । किसानहरू दिनका दिन मलका लागि विक्री केन्द्र धाउने गरे पनि निराश भएर फर्कन बाध्य छन् ।







