हल्दिवारी गाउँपालिकामा नेकपा एमालेका उम्मेद्बारहरुले मतदाता शिक्षा संगै घरदैलो अभियान कार्यक्रम संचालन गरिरहेका छन् । घरदैलो कार्यक्रममा भूमिहिन स्थानीयले जग्गा धनीपुर्जा र स्थायी बसोबासको ब्यबस्था गरिदिन आग्रह गरेका छन् । लगभग २ हजार भन्दा बढी भुमिहिन रहेका छन् । अध्यक्ष पदका उम्मेद्बार डम्बरबहादुर गिरिले आफू झुटको राजनीति नगर्ने भएकाले स्थानीय सरकारले धनीपुर्जा बितरण गर्ने संबैधानिक ब्यबस्था नभएको संघीय सरकारले भूमिहिन लाई जग्गा र लालपुर्जा वितरण गर्ने भएकाले भूमि आयोगको काम झापा मै पहिलोपटक हल्दिवारीबाट सुरु गर्ने प्रतिबद्धता ब्यक्त गरे । सोही अभियानका बिच उम्मेद्बारहरुले जनता आभाष ,तराईमधेस कार्यक्रम मार्फत हल्दिवारीका जनताको जनस्तर वृद्धि गर्ने उद्घोष व्यक्त गरेका छन् ।
Advertisement







