स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र शुक्रबार साँझसम्म सबै जिल्लामा पुग्ने भएको छ।
निर्वाचन आयोगले मधेसका जिल्ला बाहेकको मतपत्र ढुवानी सकिएको र मधेसका जिल्लामा शुक्रबार साँझसम्म मतपत्र पुग्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
आयोगले मतदान कार्यको लागिखटिएका सम्पूर्ण कर्मचारीलाई आफू खटिएका ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आदेश दिएको छ। काममा खटिन नमान्ने कर्मचारीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न समेत निर्देशन दिएको छ।
Advertisement







