दिपेश कुमार पनेरु , अर्जुनधारा । अर्जुनधारा जेसिजले पद हस्तानतरण कार्यक्रम सम्पन्न गरे पश्चात तिब्र रूपमा तिन वटा कार्यक्रम सम्पन्न गरेको छ ।
अर्जुनधारा जेसिज वर्ष २०२२ को पद हस्तान्तरण कार्यक्रम सकिएको एक महिना समेत नबित्दै झण्डा उक्तोलन , पदाधिकारी प्रशिक्षण तालिम र विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरणका कार्यक्रम सम्पन्न गरेको हो ।
वर्ष २०२२ को कार्य समितिका साथमा निवर्तमान अध्यक्ष जिवन खनाल र पुर्वअध्यक्षहरू सार्दुलहाङ ओली , अजय देव , टि.आर गौतमको उपस्थिति मा माघ २१ गते जेसिज ले पहिलो कार्यक्रम स्वरूप झण्डा उक्तोलनको कार्यक्रम सम्पन्न गरेको हो।
त्यस लगत्तै जेसिजले आफ्नो दोस्रो कार्यक्रम माघ २२ गते गर्दै एक दिवसीय कार्यक्रम स्वरूप शाखा प्रबेस गर्नु अगाडि गरिने प्रशिक्षण तथा शाखा पदाधिकारी तालिम सम्पन्न गरेको छ ।
शाखाको सचिवालयमा भएको उक्त तालिम कार्यक्रममा नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष तथा एरिया ए का निरुपित कार्यकारिणी उपाध्यक्ष दिपेन्द्र निरौलाले शाखाका कुल ३५ जना पदाधिकारी हरूलाई तालिम दिएका थिए।
वर्ष २०२२ का अध्यक्ष भिमबहादुर कुवरको सभाअध्यक्षता तथा कार्यकारिणी उपाध्यक्ष दिपेन्द्र निरौलाको प्रमुख आतिथ्यताका साथमा पुर्व अध्यक्ष दिपिन राइ, प्रल्लाद ढुंगाना, टिकाराम गौतम, भास्कर भट्टराइ लगायतको समेत सहभागिता रहेको सो कार्यक्रममा कर्यकारिणी उपाध्यक्ष प्रेमकुमार खड्काले स्वागत गरेका थिए ।
त्यसैगरी जेसिजले आफ्नो तेस्रो कार्यक्रम गर्दै अर्जुनधारा नगरपालिका वडा नम्बर ९ मा गुठीका नाममा सञ्चालन भएको पुस्पा सदन स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।
शाखाका कार्यकारीणी उपाध्यक्ष प्रेमकुमार खड्काका दाई नवराज खड्काको स्मृतिमा रहेको अक्षयकोषको रकमबाट १०० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो ।
विपन्न परिवारका विद्यार्थीहरु अध्ययन गर्ने उक्त विद्यालयका विद्यार्थीहरुका लागि अध्ययनमा सहज होस भन्ने उदेश्यले शैक्षिक सामाग्री वितरण गरिएको शाखाका अध्यक्ष भिमबहादुर कुवरले बताएका छन् ।
अध्यक्ष कुवँरको सभाअध्यक्षता मा भएको उक्त कार्यक्रममा शाखाका पूर्व अध्यक्ष अजयकुमार देवको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी कार्यक्रममा विद्यालयका तर्फबाट अध्यक्ष केशव थापा, शिक्षक शिक्षिका लगाएतको सहभागिता रहेको थियो । अर्जुनधारा जेसिजले सञ्चालन गरेको ३ वटै कार्यक्रमको सञ्चालन अर्जुनधारा जेसिज वर्ष २०२२ का महासचिब बरुणकुमार माझीले गरेका थिए ।







