२६ पुस, बिर्तामोड । बिद्यालयको परीक्षा सम्पन्न भएपछि एमिटी बालक्लब बिर्तामोडको आयोजनामा पुस्तक प्रदर्शनी सम्पन्न भएको छ ।
प्रदर्शनीमा १ हजार भन्दा बढी विद्यार्थी र १ सय जना अभिभावक सहभागी भएको बालक्लब फोकल पर्सन टीका रिजालले जानकारी दिइन् ।

बालबालिका लाई पठनपाठनमा मात्र नभई बाहिरी ज्ञानमा पनि प्रेरित गर्ने र छुट्टीको समयमा अध्ययन गर्ने बानी लाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बालक्लबका अध्यक्ष सुप्रभाब पराजुलीले बताए । बाल साहित्य, कथा संग्रह, विज्ञान, साहित्य लगायत विद्याका पुस्तक प्रदर्शनीमा राखिएको थियो।
इशा बुक्स इस्टेसनरीको प्राबिधिक सहयोगमा आयोजित प्रदर्शनीमा १ सय बढीले पुस्तक खरिद गरेको बताईएको छ ।
Advertisement







