झापा । मेचिनगरमा जंगली हात्तिको आक्रमणमा परी एक पुरुषको ज्यान गएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका –९ का ६० बर्षीय रामबहादुर बुर्जा मगर रहेका छन् ।
आज बिहान साढे ६ बजे मेचिनगर नगरपालिका –१४ शनिबारे स्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थमै मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीको प्रहरी टोलीले घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Advertisement







