झापा । बिर्तामोड नगरपालिकामा नेपाली काङ्ग्रेस परित्याग गरि १५ जना एमालेमा समाहित भएका छन ।
जिल्ला पार्टी कार्यालय बिर्तामोडमा काङ्ग्रेस कार्यकर्ताहरु आज नेकपा एमालेमा प्रवेश गरेका हुन ।
पार्टी सुदृढीकरण तथा संगठन विस्तार अभियान अन्तर्गत आज उनिहरु एमाले प्रवेश गरेको नगर कमिटी अध्यक्ष सुभाष भट्टराईले बताए ।
Advertisement
नव प्रवेशीहरुलाई नेकपा एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठक ,प्रदेश कमिटी सदस्य रोमणी भट्टराई लगायत नेताहरुले स्वागत गरेका थिए।







