• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भन्सारभित्रै बन्दुक पड्काएर भद्रपुरमा भित्राइयो फूलपाती


  •    संवाददाता/ मङ्गलबार, असोज २६, २०७८  

  • झापा ।जिल्लाको सदरमुकाम भद्रपुरमा माता दुर्गा भवानीको विशेष पूजा अर्चनाका गर्दै धूमधामका साथ फूलपाती भित्राइएको छ । नेपालीहरूको महान् चाड बडा दसैँ सुरुसँगै आज महासप्तमीको दिन पारेर भद्रपुरमा फूलपाती धूमधामका साथ भित्राइएको हो ।

    कोरोना महामारीले अघिल्लो वर्ष फूलपाती भित्राउने कार्यक्रम स्थगित भएपछि यसबर्ष भव्य रुपमा फूलपाती भित्राउने कार्यक्रमको आयोजना गरिएको छ ।

    Advertisement

    भद्रपुर नगरपालिका- ६ स्थित सार्वजनिक दुर्गा मन्दिर समितिले मन्दिरमा परिसरमा आयोजना गरेको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले माता दुर्गा भवानीको विशेष पूजा अर्चना गरेका थिए ।

    Advertisement

    सोही अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा दुर्गा मातालाई चार पटक सलामी अर्पण गरेका थिए ।

     

    मन्दिरमा पूजा अर्चना पश्चात् जिल्ला स्तरीय प्रहरी, प्रशासन प्रमुख, सरकारी कार्यालयका प्रमुख, नागरिक समाज, बालबालिका, आयोजक समिति, लगायतको सहभागितामा बाजागाजा सहित निकालिएको रयाली भद्रपुर बजार परिक्रममा गर्दै भद्रपुर भन्सार कार्यालयमा पुगेर फूलपाती भित्राइएको थियो ।

    धार्मिक परम्परा अनुसार भन्सारमा परिसरमा विशेष पूजामा प्रमुख जिल्ला तिमिल्सिनाले पुनः पूजापाठ, जमरा, होम, बलि तथा बढाइँ दिएका थिए  । त्यहाँ पनि नेपाली सेना बन्दुक पड्काएर सलामी दिएका थिए ।

    कार्यक्रममा आयोजक समितिका संयोजक गोपाल अग्रवाल, प्रदेश सांसद ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रामाया श्रेष्ठ, प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराई, सशस्त्र प्रहरी बल नेपाल, झापा गण नम्बर २ का एसपी रमेशकुमार पाण्डे, राष्ट्रिय अनुसन्धानका उप निर्देशक तिलक पाण्डे लगायत जनप्रतिनिधि, उद्योगी, व्यापारी, नगरवासी, पत्रकारको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.