विर्तामोड । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तरगत झापाका १५ वटै पालिकामा अहिले मतदान भईरहेको छ । बिहान १० बजेदेखि मतदान शुरु भएको जील्ला सभापती उद्धव थापाले जानकारी दिनुभयो ।
आज दिउँसो १ बजे सम्म मतदान हुने र साढे दुईबजेबाट मतगणना शुरु गरीने उहाँले बताउनुभयो । आजै साँझ ६ बजेसम्ममा मतपरीणाम सार्वजनीक गरीने थापाको भनाई छ ।
निर्वाचन अन्तर्गत ४ वटा पालिका ,झापा गाउँपालिका ,हल्दिबारी ,कचनकबल र बुद्धशान्तिमा नेतृत्व सर्वसम्मत भएपनि अन्य पद्मा निर्वाचन भईरहेको छ । बाकिँ पालिकामा पनि सौहार्द बातावरण मतदान भईरहेको सभापती थापाले बताउनुभयो ।
Advertisement







