• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

‘बालबालिकालाई दिने खोप पुस मसान्तअघि आउन थाल्छ’


  •    संवाददाता/ मङ्गलबार, असोज ०५, २०७८  

  • झापा । विद्यालयहरूमा भौतिक उपस्थितिमा तत्कालै अध्यापन शुरु गर्ने या नगर्ने विषयमा बहस चलिरहँदा सरकारले १२ देखि १८ वर्षको उमेर समूहका बालबालिकालाई लक्षित गरिएका खोप चाँडोमा आगामी पुस मसान्तभित्र आइपुग्नसक्ने बताएको छ ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ताले उक्त उमेर समूहका व्यक्तिहरूलाई खोप दिन कार्य योजना बनाइएको र त्यसअनुसार खोप खरिदको प्रक्रिया अगाडि बढाइएको बीबीसीलाई बताए । हालसम्म नेपालले १८ वर्ष भन्दा बढीको उमेर समूहलाई मात्रै कोरोनाभाइरस विरुद्धको खोप उपलब्ध गराउँदै आएको छ ।

    Advertisement

    असोज १ गतेसम्म झन्डै ६१ लाख नेपालीले पहिलो मात्रा र ५५ लाखभन्दा बढीले दुवै मात्रा खोप लगाएका छन् । खोप झिकाउने प्रयास स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले ४० लाख मोडेर्ना र थप फाइजरका खोपहरू केही महिनाभित्रै नेपालमा आउने बताइरहेका छन् ।

    Advertisement

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारी भन्छन्–पुस मसान्तसम्म त्यस्ता खोपहरू आइपुग्ने भन्ने हो तर अहिले हामीले १८ वर्ष भन्दा बढी उमेर समूहका व्यक्तिलाई नै सकेसम्म चाँडो र धेरैभन्दा धेरै खोप उपलब्ध गराउने हिसाबले केन्द्रित भएर काम गरिरहेका छौँ । हाम्रो कार्य योजनामा १८ र १२ वर्षबीचको उमेर समूह पनि छ ।

    उनले कोभ्याक्स सुविधा अन्तर्गत मोडेर्ना र फाइजरका खोप खरिद् सम्बन्धी सम्झौता गरिएको भन्दै शुरुमा मोडेर्नाको खोप आइपुग्ने जानकारी दिए । उनी थप्छन्– यी खोपहरू बालबालिकालाई मात्रै नभई १८ वर्षभन्दा माथिको उमेर समूहका छुटेका जनसङ्ख्यालाई पनि दिने गरी हामी व्यवस्था मिलाउँछौँ । मोडेर्ना खोपको खरिदका लागि नेपाललाई ७ अर्ब ९४ करोड रुपैयाँभन्दा बढी आर्थिक सहायता उपलब्ध गराएको विश्व ब्याङ्कले गएको अगस्टमा मोडेर्ना खोप सन् २०२२ को मार्च (यसै वर्षको फागुन वा चैत)मा आइपुग्ने अपेक्षा गरिएको बताएको थियो ।

    उक्त खोप १२ देखि १७ वर्षको उमेर समूहका लागि पनि प्रभावकारी र सुरक्षित रहेको बताइन्छ । खोप अभियानको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले फाइजर बायोएन जेकको खोप १२ देखि १७ वर्षको उमेर समूहलाई लगाउने विषयमा सकारात्मक ढङ्गले छलफल अघि बढेको बताए ।

    पूर्व तयारी शुरु

    उनका अनुसार उक्त समूहलाई खोप अभियानमा पूर्ण रूपमा समेट्नका लागि पूर्व तयारीका कामहरू शुरु भइसकेको छ ।

    डाक्टर लाल भन्छन्–हाम्रो अहिलेसम्मको छलफलमा उक्त खोप आउने मिति नै त तय भइसकेको छैन । तर सन् २०२१ को अन्तिम चौमासिक र सन् २०२२ को पहिलो चौमासिक गरेर दुई चरणमा खोप उपलब्ध हुने भनिएकाले त्यही अनुसार पूर्व तयारीको काम भइरहेको छ ।

    हालसम्म नेपालले कोरोनाभाइरस विरुद्धको अक्सफर्ड–आस्ट्राजेनेकाद्वारा विकास गरिएको खोप, अमेरिकी जोनसन एन्ड जोनसनको खोप र चिनियाँ भेरोसेल खोप प्रयोगमा ल्याएको छ ।

    अधिकारीहरूले १८ वर्षभन्दा माथिको उमेर समूहका वयस्कहरूलाई दिन मिल्ने गरी १ लाख ६ हजार फाइजरको खोप कोभ्याक्स कार्यक्रममार्फत भित्रिन लागेको बतएका छन् । बालबालिकालाई दिने भनिएका फाइजर र मोडेर्ना खोपहरूको भण्डारणका लागि ‘अल्ट्रा माइनस’ अर्थात् अति चिसो तापक्रमका फ्रिजरहरू चाहिने भएकाले तीनको खरिदको प्रक्रिया अघि बढाइएको यसअघि स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका थिए ।

    सरकारले असोज मसान्तसम्म कूल दुई करोड पाँच लाख खोप नेपाललाई प्राप्त हुने र त्यसबाट नेपालको जनसङ्ख्याको एकतिहाइलाई खोप दिइसक्ने बताएको थियो । मोडेर्ना र फाइजरसहित कूल पाँच करोड २२ लाख मात्रा खोप आगामी माघ महिनासम्ममा नेपाल ल्याइसकिने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले प्रतिनिधिसभाको बैठकमा केही महिना अघि जानकारी दिएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    झापामा आजदेखि जेई विरुद्धको खोप अभियान
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.