• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

छ जनाको हत्यामा लोकबहादुरका भाइ, बाबु र काका पनि संलग्न


  •    संवाददाता/ सोमबार, असोज ०४, २०७८  

  • काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ ट्विस्ट आएको छ । यसअघि ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले हत्यामा आफ्नो भाइ, बुबा र दुईजना काकाको पनि संलग्नता रहेको बताएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । लोकबहादुरका बुबा र दुईजना काकालाई आइतबार (हिजो) प्रहरीले पक्राउ गरेको हो ।

    यसअघि भदौ् ३१ गते लोकबहादुरका भाइ नरेश मृतकमध्येकी एक रञ्जना कार्कीले प्रयोग गर्दै आएको मोबाइलसहित पक्राउ परेका थिए ।

    Advertisement

    मादी नगरपालिका–१ स्थित उम्लिङमा भदौ २१ गते ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको चिरपटले हानेर हत्या भएको थियो ।

    Advertisement

    हत्या गरिएकी रञ्जना कार्कीको मोवाइल नरेशको साथमा भेटिएको थियो ।

    यसअघि हत्या आरोपमा पक्राउ परेका लोकबहादुरले आफूलाई कार्की परिवारले निरन्तर हेप्दै आएकाले हत्या गरेको बताएका थिए ।

    उनले तेजबहादुरलाई मात्रै मार्ने योजना बनाएको भए पनि आफ्नो पोल खुल्ने डरले देख्ने जति सबैको चिरपटले हानेर हत्या गरेको र सो चिरपट जलाएको प्रहरीसँग बताएका थिए ।

    प्रहरी अनुसन्धानमा क्रममा हत्यामा लोकबहादुरका परिवारका अन्य सदस्यको संलग्नता रहेको खुलेको हो ।

    एक उच्च प्रहरी अधिकृतले भने, “अनुसन्धान गर्दै जाँदा लोकबहादुरका भाइ, बुबा र दुईजना काकाको पनि संलग्नता देखियो । सबैले मिलेर मारेका रहेछन् । पारिवारिक कारणले नै हत्या भएको देखियो । कसैले मान्छे समातेको, कसैले चिरपटले हानेको अनुसन्धानबाट खुलेको छ ।”

    उनीहरुले लखेटी–लखेटी ६ जनाको हत्या गरेको खुलेको छ । प्रहरीले हत्याकाण्डबारे अझै अनुसन्धान जारी रहेको बताएको छ । घटनाको प्रदेश प्रहरी, जिल्ला र सीआईबीको टोलीले अनुसन्धान गरेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.