काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियामाथि २–१ गोलको जित निकालेको हो ।
भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन भेनिसिउस जुनियर र मरिम बेन्जिमाले समान एक–एक गोल गरे । यता, भ्यालेन्सियाका लागि हुगो डुरोले एक गोल फर्काए ।
खेलमा सुरुवाती अग्रता भने भ्यालेन्सियाले बनाएको थियो । भ्यालेन्सियाका लागि डुरोले खेलको ६६औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
Advertisement
खेलको ८६औं भेनिसिउस जुनियरले रियलका लागि बराबरी गोल फर्काए । ८८औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई २–१ गोलको जित निकाले ।
जितसँगै रियल शीर्ष स्थानमा पुगेको छ । लिगमा ५ खेल खेलेको रियलले १३अंक जोडेको छ । १० अंक जोडेको भ्यालेन्सिया तालिकाको तेस्रो स्थानमा छ ।







