• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

ओमानसँग खेल्दै नेपाल


  •    संवाददाता/ सोमबार, भदौ २८, २०७८  

  • ओमान । विश्वकप क्रिकेटको खुड्किलाका रूपमा रहेको आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज (सोमबार) अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ ।

    नेपालले अमेरिकाविरुद्धको खेलबाट त्रिदेशीय शृङ्खलाको सुरुआत गर्नेछ । ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा हुने नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार दिउसो ४ः१५ मा सुरु हुनेछ ।

    Advertisement

    नेपाल र अमेरिका आईसीसी क्रिकेट विश्वकप लिग–२ मा तेस्रोपटक आमनेसामने हुन लागेका हुन् । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले अमेरिकालाई ३५ रन र आठ विकेटले हराएको थियो ।

    Advertisement

    एकदिवसीय क्रिकेटमा नेपाल र अमेरिका डिभिजन ५ देखिका प्रतिद्वन्द्वी हुन् । अहिलेसम्म नेपाल र अमेरीकाले एकदिवसीयमा ६ पटक खेलेका छन् । त्यसमध्ये तीन खेल नेपालले जितेको छ भने अमेरिकाले पनि तीन खेल जितेको छ ।

    आईसीसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा अमेरिका दोस्रो स्थानमा छ भने ओमान शीर्ष स्थानमा छ । अमेरिकाले अहिलेसम्म खेलेको १२ खेलमा ६ मा जित र ६ मा हार ब्यहोरेको छ । चार खेलबाट चार अङ्क जोडेको नेपाल छैटौँ स्थानमा छ । नेपालले यसअघि पनि ओमान र अमेरिकाविरुद्ध त्रिदेशीय शृंखला खेलेको हो । ओमान १६ अङ्कका साथ शीर्ष स्थानमा छ ।

    अमेरिकाविरुद्ध नेपाली टिमले स्पिनरलाई आफ्नो मुख्य हतियार बनाउने नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बताएका छन् । तथापि, यसपटकको भ्रमणमा नेपाली टोलीले पाँच जना तीव्र गतिका बलर ल्याएको छ । त्यसका बाबजुद पनि कप्तान ज्ञानेन्द्रले अमेरिकाविरुद्ध स्पिनर नै आफ्नो मुख्य हतियार भएको बताए ।

    “अमेरिका बलियो प्रतिद्वन्द्वी हो । उनीहरूको मिडियम पेस बलरहरू राम्रा छन् । ब्याटिङ पनि राम्रो छ,” अमेरिकाविरुद्धको खेलबारे नेपालका कप्तान ज्ञानेन्द्रले भने, “हाम्रो स्पिनर बलर राम्रा छन् । हाम्रा ब्याट्सम्यानले उनीहरूको मिडियम पेसलाई ट्याकल गरेर हाम्रो स्पिनरले राम्रो गर्यो भने नतिजा पनि राम्रो आउनसक्छ ।”

    ओमान भ्रमणमा नेपाली टोलीको मुख्य स्पिनर भनेको सन्दीप लामिछाने र सुशन भारी हुन् । कुशल मल्ल पनि छन् । त्यसबाहेक पवन सर्राफ, शरद भेषावकर र ज्ञानेन्द्र आफैँले पनि ‘पार्ट टाइम’ बलिङ गर्छन् । तर, टिममा अहिले सोमपाल कामी, करण केसी, बिक्रम सोब, अभिनाष बोहरा, गुल्सनकुमार झा तीव्र गतिका बलर छन् ।

    अमेरिका पछिल्लो त्रिदेशीय शृंखलाकै लागि फेब्रुअरी २०२० मा नेपाल जादाँको टोलीमा केही खेलाडी परिवर्तन भएका छन् । ओमान आउँदा अमेरिकाले केही युवा खेलाडीलाई समेटिएको छ । दुई जनाले पीएनजीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए । अमेरिकामा प्रशिक्षक पनि नयाँ छन् । जे अरूण कुमारको प्रशिक्षणमा अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा पहिलोपटक खेल्न लागेको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.