विर्तामोड । झापाको विर्तामोड–४ मा डेरा गरी बस्ने एक अटो चालकको हत्या भएको छ । कचनकवल घर भई हाल बिर्तामोडमा डेरमा बस्ने ५० वर्षीय अटो चालक भात्रु राजबंशीको हत्या भएको हो ।
आज विहान डेरामै उनको शब भेटिएको प्रहरीले जनाएको छ । मृतकको अनुहार र टाउकामा चोट देखिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिएका छन् ।
उनी स्थानीय खेमप्रसाद श्रेष्ठको घरमा डेरा बस्दै आएका थिए । मृतकका १५ वर्षीय छोरा देव नारायण राजवंशीले आफ्नो बुवाको हत्या कान्छा काकाले गरेको भनी प्रहरीमा किटानी जानकारी दिएका छन् ।
Advertisement
प्रहरीले हाल फरार रहेका मृतकका भाइ ३८ बर्षीय रतनलाल राजवंशीको खोजतलास गरिरहेको जनाएको छ ।







