• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

महामारीपछि हवाई उद्योगले गुमायो ३७ अर्ब आम्दानी


  •    संवाददाता/ सोमबार, भदौ १४, २०७८  

  • १४ भदौ, काठमाडौं । कोरोना भाइरसका महामारीयता नेपालको हवाई उद्योगले ३७ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएको छ ।

    नेपालमा २०७६ चैतदेखि लकडाउन शुरु भएको थियो । सो समयपछिको सवा एक वर्षको अवधि (२०७८ असारसम्म)मा हवाई उद्योगले सो बराबरीको प्रक्षेपित आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यो क्षति कोभिड आयपूर्वको प्रक्षेपित आयको तुलनामा हिसाव गरिएको हो । यस अवधिमा वायुसेवा कम्पनीसँगै प्राधिकरणको आम्दानीमा समेत प्रभाव परेको देखिएको छ ।

    Advertisement

    प्राधिकरणका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत २०७६ पछि असार २०७८ सम्म १२ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएको छ । वायुसेवा कम्पनीको आम्दानी भने २५ अर्ब रुपैयाँ बराबर गुमेको छ । यसमा नेपाल वायुसेवा निगमको ७ अर्ब र हिमालय एयरलाइन्सको ३ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमेको अनुमान प्राधिकरणले गरेको छ । आन्तरिक वायुसेवा कम्पनीले भने १५ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएका छन् ।

    Advertisement

    नेपालमा कोभिड १९ को संक्रमण नफैलियोस् भनि सरकारले ११ चैत २०७६ देखि लकडाउन शुरु गरेको थियो । यो लकडाउनका कारण १६ भदौ २०७७ सम्म पूर्ण रुपमा हवाई उडान समेत बन्द भएको थियो । यो बीचमा उद्धार उडान भने जारी रहेका थिए । कोभिड १९ को दोस्रो लहर शुरु भएपछि २० वैशाख २०७८ बाट पुनः उडान बन्द भयो । २३ वैशाखबाट अन्तर्राष्ट्रिय उडान सूचारु गरियो ।

    परिस्थितिमा सुधार आएको भन्दै सरकारले १८ जेठबाट सिमित अन्तर्राष्ट्रिय उडान खोलेको थियो । आन्तरिक उडान भने १७ असारबाट मात्र शुरु भयो । यसबाट आन्तरिक तथा वाह्य उडान गर्ने वायुसेवा कम्पनीले ठूलो आम्दानी गुमाएका हुन् । नेपाल वायुसेवा निगमले अर्थ मन्त्रालयमा बुझाएको प्रतिवेदनमा पहिलो लकडाउनमा मात्र १० अर्ब बराबरको क्षति व्यहोर्नु परेको उल्लेख छ । जसमा निगमले त्रिभुवन अन्र्तारष्ट्रिय विमानस्थलमा गर्ने ग्राउण्ड हृयाण्डलिङ सेवा समेत समावेश गरिएको छ ।

    आन्तरिक स्रोतबाट अगाडि बढेका आयोजना बढी प्रभावित

    कोभिड महामारीका कारण एकातर्फ आम्दानी गुम्नु र अर्कोतर्फ गतिविधि नै ठप्प हुँदा त्यसको असर भने पूर्वाधार निर्माण तथा आयोजनाको प्रगतिमा परेको छ । आर्थिक वर्ष २०७७र७८ मा सम्पन्न हुनुपर्ने कुनै पनि आयोजना सो आवमा सम्पन्न हुन सकेनन् । कोभिड १९ बाट प्राधिकरणको आम्दानी तथा राज्यको अर्थतन्त्रमा परेको प्रभावले प्राधिकरणको स्रोतबाट हुने विकास निर्माणको काम प्रभावित बनेको छ । नेपाल सरकारको स्रोतबाट संचालनमा रहेका ठूलो आयोजनालाई भने बजेटको कमी हुन नदिइएको प्राधिकरणले जनाएको छ । तर, आन्तरिक विमानस्थलहरुको विकास र स्तरोन्नतीको योजनामा नकारात्मक असर पुगेको छ ।

    हवाई यात्रु संख्यामा उच्च गिरावट

    प्राधिकरणका अनुसार सन् २०१९ को तुलनामा २०२० मा हवाई यात्रुको संख्यामा ठूलो गिरावट आएको छ । सन् २०१९ मा अन्तर्राष्ट्रिय उडानतर्फ नेपालमा ४१ लाख ३८ हजार ५ सय ६३ जना यात्रु थिए । सन् २०२० मा यो संख्या घटेर ११ लाख ५ हजार ९ सय २९ मा सिमित भयो । यो अघिल्लो वर्षको तुलनामा ७३।२७ प्रतिशत कम हो ।

    आन्तरिकमा सन् २०१९ मा ३१ लाख ८८ हजार ४ सय २९ जना यात्रु थिए । सन् २०२० मा यो संख्या १२ लाख ९२ हजार ५ सय २१ मा सीमित भयो । यो संख्या अघिल्लो वर्षको तुलनामा ५९।४६ प्रतिशत कम हो ।

    सरकारले सन् २०२० मा भ्रमण वर्ष घोषणा गरी विदेशी पर्यटक भित्राउने कार्यक्रम बनाए पनि कोरोनाका कारण सो कार्यक्रम सफल हुन सकेन । यसको असर हवाई उद्योगमा नकारात्मक परेको हो । कोभिडको असर केही कम भएको छ । सोही कारण अहिले आन्तरिक तथा वाह्य उडान सूचारु छ ।

    यद्यपि सन् २०१९ को तुलनामा सन् २०२१ मा समेत आन्तरिक तथा वाह्य यात्रुको संख्यामा भने कमी आउने प्रक्षेपण प्राधिकरणले गरेको छ । प्राधिकरणका अनुसार सन् २०१९ को तुलनामा अन्तर्राष्ट्रिय उडान ७५ प्रतिशतसम्म कम हुन सक्ने अनुमान छ । आन्तरिक उडानमा समेत ३० प्रतिशतसम्म यात्रु संख्या घट्ने अनुमान छ । यद्यपि सन् २०२० को तुलनामा भने आन्तरिक र वाह्य दुवै उडानमा यात्रु संख्या बढ्ने छ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.