• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

स्वास्थ्य सामग्रीमा कांग्रेसको झण्डा र चुनाव चिह्न टाँसेपछि विवाद


  •    संवाददाता/ बुधबार, भदौ ०९, २०७८  

  • धनकुटा । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले गृह जिल्ला धनकुटामा वितरण गर्न ल्याएको स्वास्थ्य सामग्रीका कारण विवाद भएको छ।

    भदौ १० गते वितरणको तयारी गरिएको स्वास्थ्य सामग्रीमा थापाले सुर्यबहादुर थापा प्रतिष्ठान र नेपाली कांग्रेसको झण्डा र चुनाव चिह्न टाँसेपछि विवाद भएको हो।

    Advertisement

    नेकपा एमाले धनकुटाले स्वास्थ्य मन्त्रालयबाट आएको सामग्रीलाई थापाले आफ्नो पार्टीको प्रचार गरेको भन्दै मंगलबार सामान राखिएको स्थान प्यासिफिक होटल घेराउ गरेको छ।

    Advertisement

    थापाले गृह जिल्लाका विभिन्न ठाउँमा कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि, अक्सिजन सिलिण्डर, सर्जिकल मास्क, अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटरलगायत सामग्री वितरणको तयारी गरेको छ।

    तर, एमालेले सामानको दुरुपयोग भएको भन्दै प्रशासनले जफत गर्नुपर्ने माग गरेको छ। एमाले धनकुटाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले प्रशासनले सामान जफत गरेर जिल्लास्तरीय कोभिड नियन्त्रण समितिमार्फत वितरण गरिनुपर्ने बताए।

    सरकारी सामान कुनै एउटा पार्टीको लोगो र चुनाव चिह्न टाँसेर वितरण गर्न खोज्नु गलत भएको उनको भनाइ छ। उक्त सामानको विषयमा प्रशासनले छानबिन गरेर कारबाही गर्नुपर्ने र सामान जफत नभए आफैं जफत गरेर वितरण गर्ने राईले बताए।

    यता पूर्वमन्त्री थापाले प्रतिष्ठानको सामानमा राजनीति नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। उनले उक्त सामानमा नेपाल सरकारको एक पैसा पनि नपरेको‚ दाताहरुले प्रतिष्ठानमा जम्मा गरेको दाबी गरे।

    थापाले सामान नितान्त सूर्यबहादुर थापा प्रतिष्ठानको भएको र प्रतिष्ठानले नेपाली कांग्रेस धनकुटालाई हस्तान्तरणको तयारी गरेकको बताए। प्रशासनले जफत गर्नुपर्ने माग छ त आन्दोलनरत पक्षको भन्ने प्रश्नमा उनले संविधान कानुनअनुसार निजी सामान प्रशासनले जफत गर्न नमिल्ने बताए। उनले हिम्मत हुनेले आफैं सामान खरिद गरेर वितरण गरे आफ्नो सहयोग रहने बताए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    झापामा आजदेखि जेई विरुद्धको खोप अभियान
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.