बिर्तामोड । झापाको बिर्तामोडस्थित एक होटलमा कोभिड विरुद्धको खोप लुकाइएको घट्नाबारे गठित छानबिन समितिले खोप लुकाइएको आरोप पुष्टि नभएको जनाएको छ । समितिले निर्धारित समयभन्दा दुई हप्ता ढिलो गरि प्रतिवेदन बुझाउदैं आरोप पुष्टि नभएको जनाएको हो ।
समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा बनेको समितिले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई आज खोप छानविनको प्रतिवेदन बुझाएको छ ।
खोप विधिसम्मत स्वास्थ्य कार्यालयले बिर्तामोडलाई पठाएको प्रतिवेदनमा उल्लेख छ । समितिका संयोजक रिमालले गलत मनसायबाट होटलमा खोप नपुर्याएको जानकारी दिए । उनका अनुसार होटलमा खोप बुझ्नु चरमलापरबाही भएको छ ।
समितिले खड्कासँग लिखित स्पष्टीकरण मागेको थियो । यस्तै, स्वास्थ्य कार्यालय , नगरपालिका, प्रत्यक्षदर्शी र होटल सञ्चालकसँग सोधपुछ गरेको थियो । समितिले स्वास्थ्य कार्यालयबाट खोप प्रक्रिया पुरा गरेर वा नगरि पठाएको भन्ने बारे खोजी गरेको छ । समितिका एक सदस्यले भने, खोप लुकाइएको भन्ने प्रमाणित भएन । होटलमा लगिएको विषयलाई गलत भनिएको छ । उनले थपे, होटलमा लैजानु गलत भए पनि कुनै नियत देखिदैन ।
साउन १५ गते बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्काले होटल टाइमलेस मोमेण्टमा खोप लुकाएको आरोप लागेको थियो । बिर्तामोडका केहि व्यापारी र सामाजिक संघ संस्थामा आवद्ध युवाले खड्काले खोप लुकाएको आरोप लगाएका थिए । सोही आरोपका आधारमा बिर्तामोड वाणिज्य संघले समेत खड्काको विरुद्धमा लागेर पत्रकार सम्मेलन गर्दै आरोपमाथि आरोप थप्ने काम गरेको थियो । ईजालासबाट







