बिर्तामोड । युवाहरूको सकृयतामा बिर्तामोडमा रक्तदान गरिएको छ।
कोरोनाका कारण रगतको अभाव भएपछी झापा बिर्तामोड नगरपालिका ३ का युवाहरूको सकृयतामा रक्तदान गरिएको हो।
नेपाल रेडक्रस झापाको प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रममा ६० पाउण्ड रगत संकलन गरिएको संयोजक कैलाश प्रसाइले जानकारी दिए ।
सोही अवसरमा बिर्तामोड बजारमा रहेको दुर्गा मन्दिर निर्माण समितिका अध्यक्ष स्व.पर्शुराम सिटौलाको स्मृतिमा छाना सहितको ट्रस्ट निर्माण सम्पन्न गरि परिवारले मन्दिर समिती लाई हस्तान्तरण समेत गरीएको छ ।
स्वर्गीय सिटौलाकि धर्मपत्नी पुन्यवती ,छोरा सैलेन्द्र ,छोरीहरु एलिजा र एलिनाले करिब चार लाख रुपैयाँको लागतमा निर्माण गरिएको ट्रस्ट हस्तान्तरण गरिएको आयोजक आकाश उप्रेतीले जानकारी दिए ।
यसै बर्ष कोरोनाका कारण निधन भएका वडाका सामाजिक ब्यक्तित्व लक्ष्मण खड्का दिपेन्द्र पोख्रेल,षडानन्द नेपालको आत्मशान्तिको कामना गर्दै रक्तदान गरिएको आयोजक मदन बुढाथोकीले बताए ।







