हल्दिवारी साउन २ । हल्दिवारी गाउँपालिका भित्र उद्योग ,व्यवसाय गरि बस्ने व्यवसायीहरुको हक हितमा काम गर्ने छाता संगठन उद्योग वाणिज्य संघ हल्दिवारी युवा व्यवसायी सुमन मैनालीको अध्यक्षतामा गठन भएको छ।
आज बसेको उद्योगी तथा व्यवसायीहरुको भेलाले ९ सदस्य तदर्थ समिति गठन गरेको छ । समितिमा देहायका उद्योगी व्यवसायीहरु चयन हुनु भएको छ ।
अध्यक्ष सुमन मैनाली , सदस्यहरु कृष्ण प्रसाद प्रसाईं ,महेसलाल मेचे ,सत्येन्द्र कुमार कर्ण ,कुमार कार्की ,निरज दाहाल ,सुनिल बारकोटी ,खड्ग लावती र नेत्र विक्रम बिमली रहेको तदर्थ समिति गठन भएको हो ।
Advertisement
हल्दिवारी गाउँपालिका भित्र २० भन्दा बढी ठुला उद्योग संचालित छ्न भने करिव ७ सयको हाराहारीमा यहाँ व्यवसाय गरेर बस्ने व्यवसायीहरु रहेको पाइन्छ ।








