असार २९, झापा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचौं पटक पनि देशको प्रधानमन्त्री बन्ने भएका छन् ।
सर्वोच्च अदालतले परमादेश जारीपछि सभापति देउवालाई प्रधानमन्त्री बन्ने पक्का भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते दोस्रोपटक गरेको संसद् विघटनलाई बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो ।
अदालतले नेपालको संविधानको धारा ७६ (५) अनुसार दुई देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।
Advertisement
सर्वोच्चले देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न भनेको छ। अर्थात् फैसला आएको २८ घण्टाभित्र राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ।
अदालतले साउन ३ गते बेलुका ५ बजेसम्म संसद् बैठक बोलाउन समेत आदेश दिएको छ । देउवा २७ भदौ २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए ।







