• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालबालिकाका ७३ लाख टिकटक एकाउन्ट बन्द


  •    संवाददाता/ शुक्रबार, असार १८, २०७८  

  • १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ ।

    यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो । यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो ।

    Advertisement

    ट्विटरको नियमानुसार १३ वर्ष र सोभन्दा माथिको उमेरका व्यक्तिले मात्र टिकटकमा खाता खोल्न पाउँदछन् । यो भिडियो प्लाटर्फम त्यसैले किशोर किशोरीहरुको बीचमा पनि निकै लोकप्रिय रहँदै आएको छ । तर उमेर ढाँटेर बालबालिकाको नाममा खोलिएको त्यस्ता सन्दिग्ध एकाउन्टहरु टिकटकले बन्द गरिदिएको हो ।

    Advertisement
     कटकले पहिलोपटक आफ्नो सामुदायिक निर्देशिका कार्यान्वयन प्रतिवेदनमा यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

    प्रयोगकर्ताको सुरक्षाका विषयमा पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धन गर्नका लागि कम उमेरका प्रयोगकर्ताको विस्तृत विवरण सहयोगी बन्ने टिकटकले जनाएको छ ।

    टिकटकको रिपोर्ट अनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटक एपको नियम उल्लंघन गरेका ६ करोड १९ लाख ५१ हजार ३२७ वटा भिडियो हटाइएको छ, जुन कूल अपलोड हुने भिडियो भन्दा एक प्रतिशतभन्दा पनि कम हो ।

    तीमध्ये ८२ प्रतिशत भिडियोहरु अपलोड हुने बित्तिकै अर्थात् अरु कसैले पनि नहेर्दै हटाइएको हो । त्यस्तै ९१ प्रतिशत त्यस्ता भिडियो कुनै पनि प्रयोगकर्ताले रिपोर्ट नगर्दै तथा ९३ प्रतिशत पोष्ट भएको २४ घण्टाभित्र हटाइएको हो ।

    त्यस्तै यस अवधिमा १९ लाख २१ हजार ९०० वटा विज्ञापनहरु विज्ञापन नीति तथा निर्देशिका उल्लंघन गरेको भन्दै अस्विकार गरेको हो ।

    रिपोर्ट अनुसार टिकटकको निर्देशिका तथा प्रयोगका शर्त उल्लंघन गरेका कारण खारेज गरिएका कुल एकाउन्टको संख्या १एक करोड ११ लाख ४९ हजार ५१४ रहेको छ ।

    १३ वर्षभन्दा माथिका व्यक्तिले टिकटकमा खाता खोल्न पाउने भए पनि १६ वर्ष सम्मका किशोरावस्थाका प्रयोगकर्ताको सुरक्षाका लागि टिकटकले विभिन्न उपाय अपनाउँदै आएको जनाएको छ । त्यसमा प्राइभेट मेसेज तथा लाइभ स्ट्रिमिङ फिचर उपलब्ध हुँदैन । त्यस्तै १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको एकाउन्ट स्वतः प्राइभेट बन्दछ, जुन फिचर गत जनवरीमा ल्याइएको हो ।

    टिकटकको सुरक्षा तथा विश्वास विभागका प्रमुख कोम्यार्क किनान भन्छन् – बालबालिकाको सुरक्षाका लागि हामीले चालेका कदमहरुका विषयमा अधिकतम दृश्यता ल्याउन यो रिपोर्टमा हामीले कम उमेरका एकाउन्टहरु हटाइएको छ । टिकटकलाई १३ वर्ष र सोभन्दा माथिका मात्र प्रयोगकर्ताको प्लाटर्फम बनाउने प्रयत्नलाई मजबुत बनाउनका लागि हामीले नयाँ प्रविधिहरुको प्रयोग गर्दछौँ जसले प्रयोगकर्ताको उमेर सम्बन्धी चुनौतीको सामना गर्न सहयोग गर्नेछ ।

    किशोरावस्थाका प्रयोगकर्तामा निकै लोकप्रिय रहेको भएपनि कम उमेरका बालबालिका प्रयोगकर्ताको संख्या टिकटकमा बढिरहेको विषय चिन्ताको विषय बनिरहेको छ । गत वर्ष न्युयोर्क टाइम्सले सार्वज्निक गरेको तथ्यांक अनुसार अमेरिकी टिकटक प्रयोगकर्ता मध्ये एक तिहाइ प्रयोगकर्ता १४ वर्ष र सोभन्दा कम उमेरका रहेका छन् । Tiktok Boom नामक पुस्तकका लेखेका क्रिस स्टोकेल वाल्करका अनुसार टिकटक तथा यस्तै खालका अन्य सोसल मिडियाहरुको एउटा प्रमुख चुनौतीचाहिँ यसका प्रयोगकर्ताहरुको उमेर प्रमाणित गर्नु बनेको छ ।

    सोसल मिडियाहरुमा खाता खोल्ने क्रममा नियम बमोजिमको उमेर पुर्‍याउनका लागि सानो उमेरका प्रयोगकर्ताले पनि आफ्नो वास्तविकभन्दा बढी उमेर बनाउनका लागि नक्कली उमेर राख्न सक्दछन् । प्रयोगकर्ताको उमेर प्रमाणित गर्ने अर्को उपाय छैन ।

    तर टिकटकसँग सर्वाधिक उन्नत कम्प्युटर भिजन प्रविधि रहेकोले यसले बालबालिका प्रयोगकर्ता यकिन रुपमा पत्ता लगाउन सक्ने सम्भावना हुने वाल्कर बताउँछन् । तर यस्तो प्रविधि प्रयोग गर्नका लागि टिकटकले थुप्रै अनुमतिहरु लिनुपर्दछ, जुन प्रयोगकर्ताका लागि असहज हुन सक्दछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.