• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

युवाको आन्दोलन टेन्डर खारेज नभए नगरसभा चल्न नदिने


  •    संवाददाता/ बुधबार, असार ०९, २०७८  

  • झापा, असार ९ । बिर्तामोड नगरपालिकाले निषेधाज्ञाको समयमा अपारदर्शी र प्रक्रिया नपुर्याई ठेक्का लगाएको भन्दै त्यस्ता ठेक्का खारेजलगायतका मागसहित स्थानीय जागरुक युवाहरुले आफ्ना माग संबोधन नभए नगरपरिषद चल्न नदिने बताएका छन् ।

    निषेधाज्ञाको समयमा ठेक्का लगाइएका स्वास्थ्य बिमा र फोहोर मैला व्यवस्थापनको टेन्डर खारेज गरिनुपर्ने उनीहरुको माग छ । बिर्तामोड नगरपालिकाको सातौं नगरपरिषद बिहीबारदेखि शुरु हुँदैछ । नगरपरिषदको अघिल्लो दिन आज पत्रकार सम्मेलन गर्दै उनीहरुले नगरपरिषदमा आफ्ना माग प्रस्तुत गर्ने जनाउँदै ती माग संबोधन नभए परिषद चल्न नदिने बताएका हुन् । उनीहरुले स्वास्थ्य बिमा र फोहोर मैला व्यवस्थापनको टेन्डर खारेज हुनुपर्ने , सार्वजनिक सरोकार र महत्वका हरेक सूचनाको जानकारी सम्पूर्ण वडा कार्यालय ,संचारमाध्यमलाई गराउनुपर्ने ,नगरपालिकाका प्रत्येक सूचना नगरपालिका र वडा कार्यालयको सूचना पाटीमा अनिवार्य राख्नुपर्ने ,नगरपालिकाले प्रकाशन र प्रसारण गर्ने सार्वजनिक महत्वका सम्पूर्ण सूचनाहरु स्थानीय संचारमाध्यममा समेत प्रकाशन र प्रसारण गरिनुपर्ने लगायतका सूचना अधिकारका कुराहरु उठाएका छन् । ‘टेन्डर खोल्ने , ठेक्का लगाउने , कर्मचारी भर्नालगायतका सार्वजनिक महत्वका काममा पारदर्शिता छैन’ स्थानीय कपिल न्यौपाने भने, ‘ कतिपय कामका बारेमा जनप्रतिनिधिसमेतलाई जानकारी हुँदैन ।’ टेन्डर प्रक्रियामा मनोमानी भइरहेको धेरैले गुनासो गरेपछि आफूहरुले चासो राखेको उनले बताए । ‘ हामी सौहार्द ढंगले आफ्ना माग नगरपरिषदमा प्रस्तुत गर्नेछौं’ न्यौपानेले भने , ‘माग संबोधन भएन भने परिषद चल्न दिदैनौं ।’

    Advertisement

    सूचना पाउनुपर्ने अधिकार खोज्दै आफूहरुले दवाव दिएपछि दुई दिनअघि मात्र नगरपालिकाले सूचना पार्टी राखेको अर्का स्थानीय युवा गणेश मैनालीले बताए । औषधी वितरणको लागि फार्मेसी सञ्चालन गर्न आव्हान गरिएको टेण्डरमा अपारदर्शी र भ्रष्टाचार भएको भन्दै स्थानीय युवाहरुले गत जेठ २० गते प्रेस विज्ञप्तिमार्फत नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । बिर्तामोड नगरपालिकाले नगर अस्पतालमा सञ्चालन गर्ने फार्मेसीको टेण्डर खुलाउँदा स्थानीय सञ्चारमाध्यम र नगर अस्पतालको सूचना पाटीलगायतमा बोलपत्र आव्हानको सूचना प्रकाशन र प्रसारण नगरी आन्तरिक रुपमा सेटिङ्ग गरेर टेन्डर दिएको उनीहरुले दावी गरेका थिए ।

    Advertisement

    टेन्डर प्रक्रिया सही नभएको भन्दै आफूहरुले एक महिना अघिदेखि आवाज उठाएपनि नगरपालिकाले बेवास्ता गरेपछि नगरपरिषदमै सबै जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउन खोजेको अर्का युवा कैलाश प्रसाईले बताए । पत्रकार सम्मेलनमा विष्णु चुडाल , पुष्प पाठक , आकाश उप्रेती , मधु सिटौला , गोपाल बुढाथोकी ,शंकर चम्लागाई , सुन्दर लिम्बू , डम्बर नेम्बाङ , मिलन खड्का , श्याम गुरुङलगायतले बिर्तामोड नगरपालिकामा देखिएका बेथितिका बारेमा गुनासो गरेका थिए । उनीहरुले दुवै टेन्डर खारेज गरी प्रक्रियागत रुपमा प्रतिष्पर्धामार्फत स्थानीय तथा अनुभवीहरुलाई प्राथमिकतामा राख्दै पुनः टेन्डर लगाई स्थानीयबासीको माग संबोधन गरी सुशासनलाई कार्यान्वयन गर्न माग गरेका छन् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.