• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

‘सामाजिक अभियन्ता’ संग्रौलाले प्रहरीमाथि गरेको गालीगलौजको छानविन शुरु


  •    संवाददाता/ बिहिबार, असार ०३, २०७८  

  • काठमाडौं । ‘सामाजिक अभियन्ता’ दाबी गर्ने ज्वाला संग्रौला र उनको समूहले प्रहरीमाथि गरेको गालीगलौजको छानविन हुने भएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झाविरुद्ध दिएको आपत्तिजनक अभिव्यक्तिको छानबिन सुरु भएको छ ।

    संग्रौलाले ‘मधेसका रहेछौं उतै गएर काम गर्नु, सजिलो पनि हुन्छ, म जसरी पनि सरुवा गरेरै देखाइदिन्छु,’ भन्दै (असई) झालाई धम्की दिएकी थिइन् । उनको उक्त अभिव्यक्तिविरुद्ध मधेसी आयोगमा बुधबार उजुरी परेपछि घटनाको छानबिन सुरु भएको हो ।

    Advertisement

    आयोगले यस घटनाको बारेमा प्रहरी प्रधान कार्यालयलाई समेत सूचित गराइसकेको छ । नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी वसन्त कुँवरले आयोगबाट अनौपचारिक रुपमा सुचना आइसकेको र लिखित जानकारी आएपछि छानबिन सुरु गरिने बताए । बुधबार आयोगमा दर्ता भएको उजुरीको दर्ता नम्बर १८३ रहेको आयोगका कर्मचारी दीपेन्द्र यादवले बताए ।

    Advertisement

    निषेधाज्ञाका बेला संग्रौलासहित चढेको गाडी रोकेर सवारी पास जाँच गरेकोमा उनीहरूले असई झामाथि गैरसामाजिक व्यवहार गरेका थिए । राज्यले तोकेको कर्तव्य इमानदारीपूर्वक गरेका झालाई उल्टै धम्क्याएको भिडियो सार्वजनिक भएपछि संग्रौलासमूहको विरोध भइरहेको छ ।

    यस्तो छ घटनाको वास्तविकता

    निषेधाज्ञामा पास बिना सवारी चलाउन नमिल्ने भन्दै ड्युटिमा रहेका झाले संग्रौलाहरू चढेको गाडीको पास मागेका थिए । तर,उनीहरूले देखाउन इन्कार गरेका थिए । त्यसपछि प्रहरीले सवारी चालक अनुमति पत्र (लाइसेन्स) देखाउन अनुरोध गर्दा उनीहरुले लाइसेन्स पनि देखाउन सकेनन् ।

    आवश्यक कागजात नभएपछि प्रहरीले गाडी होल्डमा राख्यो । त्यसपछि संग्रौलाको समूहले झासहित प्रहरीसँग विवाद गरेका थिए । नेपाल प्रहरीका प्रवक्ता कुँवरले आयोगबाट औपचारिक रूपमा पत्र आएपछि घटनामाथि छानबिन गरी दोषीलाई कारबाही गरिने प्रतिवद्धता व्यक्त गरे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.