२६ जेठ, धरान । वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजको अध्यक्षमा बाल रोग विभागका एसिस्टेन्ट प्रोफेसर डा. अरुणकुमार सिंह निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै समाजको अध्यक्ष सहित अन्य ४ जना पदाधिकारी पनि निर्विरोध निर्वाचित भएका छन् । समाजका सबै कार्यसमितिहरु निर्वाचित हुने भएपनि अध्यक्ष, उपाध्यक्ष, सचिव र एक जना सदस्यको विपक्षमा कसैले नाम दर्ता नगराए पछि उनिहरु निर्बिरोध भएका हुन् ।
निर्विरोध चयन भएकाहरुमा उपाध्यक्षमा डा.लोकेस शेखर जैसवाल, सहसचिवमा डा. बिजय कुमार श्रीवास्तव र सदस्यमा डा.कुनाल विक्रम देव रहेका छन् ।
प्रतिष्ठान अन्तरगत रहेको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजको अन्य दुई सदस्यको लागि निर्वाचन हुन बाँकी छ । रिक्त रहेका पदहरूकाे निर्वाचन आउँदो असार १३ गते हुने छ । कार्य समितिकाे कार्यकाल दुइ वर्षकाे हुने नवनिर्वाचित अध्यक्ष डाक्टर सिंहले जानकारी दिए ।M







