• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरबाहेक अर्थतन्त्रका सूचक सकारात्मक


  •    संवाददाता/ शुक्रबार, जेठ १४, २०७८  

  • काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरबाहेक अर्थतन्त्रका अन्य सूचक सकारात्मक रहेको दाबी गरेको छ ।

    शुक्रबार चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले विदेशी विनिमय सञ्चिति, मुद्रास्थिति नियन्त्रित अवस्था, आयात निर्यातका सूचक सकारात्मक रहेको बताए । राजस्व संकलनको स्थिति सकारात्मक र रेमिट्यान्सको वृद्धि हुँदा आर्थिक वृद्धिदरबाहेक अर्थतन्त्रका समष्टिगत सूचकहरु सकारात्मक रहेको बताए ।

    Advertisement

    उनले चालु खाता घाटा संकुचित भए पनि ‘टोलरेट लिमिट’मा रहेको दाबी गरे । “यसले रिभाइभलका कार्यक्रम सञ्चालन गर्नका लागि केही असर गर्न सक्ने अवस्था छैन । यसले निजी क्षेत्रको विश्वास आर्जन गर्न सकिने गरी र अर्थतन्त्रलाई पार्न सक्ने थप चापलाई व्यवस्थापन गर्न सकिने गरी टोलरेट लिमिटमा भएकाले यसले निजी क्षेत्रको लगानी विस्तारमा, निजी क्षेत्रको व्यावसायिक विकासमा र आर्थिक पुनरुत्थानका कार्यक्रमहरुलाई असर पर्न सक्ने अवस्थामा रहेको छैन । यो नियन्त्रित सीमामै छ,” उनले भने ।

    Advertisement

    उनले अर्थतन्त्र फेरि संकुचनमा जाने अवस्था नरहेको पनि दाबी गरे । गत आर्थिक वर्षको आर्थिक वृद्धि ऋणात्मक बनेको थियो । “जीडीपीको वृद्धिदर ७ प्रतिशत राख्दा त्यो पाटोमा हामी पछाडि छौँ, अरु सूचक कम्फटेबल जोनमा छौँ । हाम्रो लक्ष्यकै हाराहारीमा छौँ,” उनले भने । आर्थिक वृद्धिदरबाहेक अर्थतन्त्रमा जोखिमको अवस्था सिर्जना भइनसकेको उनले बताए । उनले भने, “हामी व्यवस्थापन गर्न सक्ने स्थितिमा छौं ।”

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ४.१ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने संशोधित अनुमान पनि हासिल गर्न भने चुनौतीपूर्ण रहेको बताए । कोभिड–१९ महामारीको दोस्रो लहरका कारण आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौती देखिएको उनले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.