काठमाडौं ।कोरोना भाइरसबिरुद्धको सहायता सामग्री लिएर सिंगापुरबाट नेपाल वायुसेवाको चार्टर विमान काठमाडौं आइपुगेको छ । कोरोना महामारीसँग लड्नका लागि १३ टन भन्दा बढी मेडिकल कार्गो लिएर नेपाल वायुसेवाको चार्टर विमान काठमाडौं आइपुगेको हो ।
तामासेक फाउण्डेशन सिंगापुर, लोटस लाइफ फाउण्डेशन सिंगापुर, गोर्खा ब्रुअरी प्रा।लि। का साथै नेपाल सरकार, विभिन्न मन्त्रालयहरू, कूटनीतिक नियोगहरू र नेपाली प्रवासीहरुले उक्त सामग्री नेपाल पठाएका हुन् ।
Advertisement
उक्त स्वास्थ्य सामग्री करिब ३ मिलियन सिंगापुर डलरको बराबरको रहेको बताइएको छ । उक्त सामग्री बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिएको छ ।
हस्तान्तरणका क्रममा सहयोगी दाताकोर्फबाट गोर्खा ब्रुअरीका उप–प्रबन्ध निर्देशक सुरेन्द्र सिलवाल उपस्थित थिए ।







