झापा । बिर्तामोडको केही क्षेत्रमा आज दिनभरि विद्युत आपूर्ति बन्द हुने भएको छ ।
बिर्तामोडको घन्टीबारी , स्यालडाँगी , बसपार्क , किराँत चोक हुँदै चारआली चोक आसपाससम्म बिहान ८ देखि बेलुका ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो । विद्युत लाइन मर्मत संभार र पोल स्थानान्तरण गर्नुपर्ने भएकाले बिजुलीको लाइन काटिने अनारमनी वितरण केन्द्रले जनाएको छ ।

Advertisement







