झापा । अर्जुनधारा १० कालीझोडास्थित सेल्फिजोन क्षेत्रको सालबारी जाने बाटोको पैनीमा वेबारिसे अवस्थामा एक व्यक्ति फेला परेका छन् ।
करीव २५÷२६ बर्षका ति युवा गएरातीदेखी पैनीमा लडिरहेका हुन् ।
राती परेको पानीले भिजेका ति व्यक्तिलाई बिहान स्थानीय युवाहरुले लत्ताकपडा र खानेकुरा खान दिई प्रहरी चौकि चारालीमा खवर गरेका थिए ।
Advertisement
मुस्किलले बोल्न सक्ने उनी अहिले उठ्न नसक्ने अवस्थामा छन् ।
हालसम्म पहिचान खुल्न नसकेकाले स्थानीय युवा खगेन्द्र सुबेदिले सामाजीक सञ्जालमा ति व्यक्तिको अवस्था दर्शाउँदै चिन्ने जो कसैले उनको परीवार तथा आफन्तलाई खवर गर्न आग्रह गरेका छन् ।
प्रहरीले समय समयमा आएर उनको अवस्था बुझ्ने गरेपनि हालसम्म ति व्यक्तिको उद्धार हुन नसकेको भन्दै सुबेदिले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।







