• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एमालेको नेपाल–खनाल पक्षका सांसदद्धारा सामूहिक राजीनामा दिने तयारी ,२० सांसदले गरे राजीनामा पत्रमा हस्ताक्षर


  •    संवाददाता/ आइतबार, बैशाख २६, २०७८  

  • काठमाडौं । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

    प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको लागि कुनै पहल नगरेको र पार्टी फुटाउने नै मानसिकता राखेकाले राजीनामा दिनुको विकल्प नभएको नेपाल–खनाल पक्षका नेताहरूले बताएका छन् ।

    Advertisement

    सोही अनुसार नेपाल पक्षका २० सांसदले शनिबार नै राजीनामा पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

    Advertisement

    नेपाल पक्षका सांसदले शनिवार साँझ सांसद पदबाट राजीनामाको पत्रमा हस्ताक्षर गरी माधव नेपाललाई बुझाएका छन् ।

    प्रधानमन्त्री ओलीले भोलि संसदबाट विश्वासको मत लिने तयारी गरेसँगै विभिन्न चरणमा भएका छलफलमा ठोस सहमति नभएपछि खनाल नेपाल पक्षका सांसदहरूले सामुहिक राजीनामा बुझाउने भएका हुन् ।

    खनाल–नेपाल समुहका नेताहरूले पार्टीलाई २०७५ सालको जेठ २ गतेको अवस्थमा फर्काउन आफूहरूले गरेको आग्रह नमानेकाले राजीनामा दिएर पार्टीभित्रै संघर्ष गर्नुको विकल्प नभएको बताएका छन् ।

    सर्वोच्चको फैसला अनुसार प्रधानमन्त्री ओलीले पार्टी चलाउने सम्भावना निकै कम रहेकाले आफूहरू योजनाबाट पछि हट्ने सम्भावना पनि नदेखिएको नेताहरूले बताउँदै आएका छन् ।

    खनाल–नेपाल समूहका सांसदले राजीनामा दिएमा सजिलै अर्को सरकार बन्ने सम्भावना देखिएको छ ।

    अहिले प्रतिनिधिसभामा २ सय ६७ सांसद संख्या कायम छ । तीमध्ये खनाल–नेपाल समूहका २० जनाले मात्रै राजीनामा दिए पनि २ सय ४७ सदस्य कायम रहनेछ ।

    त्यसपछि सरकार बन्न एक सय २४ जना सांसद भएपनि पुग्छ । नेपाली कांग्रेसका ६१ र माओवादी केन्द्रका ४८ गरेर १ सय ९ सांसद छन् ।

    जसपाका पनि धेरैजसो सांसदले कांग्रेस–माओवादीलाई साथ दिने भएकाले नयाँ सरकार बन्ने सम्भावना बलियो भएको छ ।

    यसैबीच खनाल नेपाल समूहको स्थायी कमिटीको बैठक बसेर राजीनामाबारे थप निर्णय गर्ने बताइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.