काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।
दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकका विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको बैठक बोलाउनुभएको छ ।
Advertisement
आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने विषयमा औपचारिक निर्णय गर्ने बताइएको छ ।
हाल संघीय संसदको प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारिसकेको छ ।







