• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कोरोना संक्रमणबाट मुलुकभर थप २४ जनाको मृत्यु


  •    संवाददाता/ बिहिबार, बैशाख २३, २०७८  

  • काठमाडौं  । कोरोना संक्रमणबाट बुधबार रातिदेखि बिहीबार बिहानसम्म देशभरका विभिन्न अस्पतालमा २४ जनाको ज्यान गएको छ। पछिल्लो तथ्यांक अनुसार बाँकेमा १० जना, कैलाली र दाङमा ४/४ जना, पाल्पा, बागलुङ र पर्सामा २/२ जनाको मृत्यु भएकाे सम्बन्धित जिल्लाका स्रोत व्यक्तिले जानकारी दिएका छन्।

    बाँकेमा एकै रातमा १० जनाको कोरोनाबाट मृत्यु भएको छ।  भेरी अस्पताल बाँकेमा ७८, ५८ वर्षीय पुरुष, २७ वर्षीय पुरुष, ४३ महिला, ५५ वर्षीय पुरुष, ७८ वर्षीय पुरुष, ७७ वर्षीय पुरुष, ५६ वर्षीय पुरुष,४५ वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै ३४ वर्षीय संक्रमितको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला स्वाथ्य कार्यलय बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।

    Advertisement

    कैलालीमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा २ जना महिला र २ जना पुरुष रहेका छन् । धनगढी गोदावरीकी ७८ वर्षीया महिला र ६० वर्षीय पुरुष तथा टीकापुरका ६७ वर्षीय पुरुष र ८२ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यलय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। उनीहरुको उपचारका क्रममा गए रातिदेखि आज बिहानसम्म जिल्लास्थित विभिन्न अस्पतालमा मृत्यु भएको जोशीले बताए।

    Advertisement

    दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ का ६५ वर्षीय पुरुष, घोराही १५ का ६५ वर्षीय पुरुष, घोराही १८ की ४५ वर्षीया महिला र बबई गाउँपालिका ४ का ४० वर्षीय पुरुष रहेको अस्पतालका ब्यबस्थापन द्रोण ओलीले जानकारी दिए। चारै जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

    धौलागिरी अस्पताल बागलुङमा उपचारत दुई जना पुरुषको मृत्यु भएको छ। एक जना कोरोना संक्रमित र एक जना शंकास्पद संक्रमितको मृत्यु भएको हो।

    बागलुङ नगरपालिका–४ का ७८ वर्षीय पुरुषको बिहीबार बिहान अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ। वैशाख २० गते स्वास प्रस्वासमा समस्या भएर अस्पताल पुगेका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो। ती व्यक्तिमा मधुमेह, उच्च रक्तचाप लगायत समस्या रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देव प्रकाश घिमिरे बताए।

    स्वास प्रस्वासमा समस्या आएर बुधबार अस्पताल भर्ना भएको म्याग्दीको बेनी नगरपालिका–१ का ३३ वर्षीया पुरुषको बुधबार राति नै मृत्यु भएको छ। सघन उपचार कक्षमा उनको उपचार भैरहेको थियो।

    यस्तै कोरोना भाइरसको संक्रमणबाट पाल्पामा थप दुई जनाको मृत्यु भएको छ। तानसेनका एक पुरुष र माथागढीमा एक महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

    तानसेन नगरपालिका–३, भगवती टोलका ८१ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको हो।  माथागढी गाउँपालिका–३, कसेनीकी २५ वर्षीया महिलाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको माथागढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशव जीसीले बताए।

    योसँगै जिल्लामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

    यस्तै  वीरगन्जको नारायणी अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको मृत्यु भएको छ।  मृतक मध्ये एक जना वीरगन्ज महानगरपालिका ४ बिर्ताका र अर्को गौर २ रौतहटका पुरुष रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले बताए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.