बुधबारे । बुधबारे जेसीजले सोमबार देखि १५ दिने ‘कोरोना सचेतना अभियान’ सञ्चालन गरेको छ ।
कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि आमसर्वसाधारणलाई जनचेतना र सचेतना फैलाउने उदेश्यले सो अभियान सञ्चालन गरिएको हो ।
दोस्रो लहरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि अवस्था असामान्य बन्दै गएको सन्दर्भमा सचेतना र जनचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताएका छन् ।
झापामा सोमबार देखि निषेधाज्ञा सुरु भएकाले बुधबारे जेसीजको फेसबुक ग्रुपमा यस विषयमा छलफल गरी अभियान सञ्चालन गर्न ३ सदस्यीय उपसमिति बनाएर जिम्मेवारी दिइएको छ । जस्को संयोजकमा दीपेन सिटौला र सदस्यहरुमा नवराज कोइराला तथा विष्णु लामिछाने रहेका छन् ।
‘कोरोना सचेतना अभियान’ आहा स्कुल प्रोजेक्ट अन्र्तगत सञ्चालन हुनेछ । यो अभियानका लागि संयोजकको जिम्मेवारी पनि आहा स्कुल कार्यक्रमकै संयोजक दीपेन सिटौलालाई नै दिइएको हो ।
Advertisement







