झापा । झापा धरमपुरको एक घरमा आज बिहान चट्याङ परेको छ । चट्याङबाट शताक्षी वडा नं. १ का स्थानीय ३८ वर्षीय पवन तामाङ घाइते भएको जानकारी ईलाका प्रहरी कार्यालय झिलझिले दिएको छ ।
उनको उपचारका लागि दमकको आम्दा अस्पताल लगिएको थियो । अस्पतालले विराटनगरस्थित नोबेल अस्पताल रिफर गरेको प्रदेश सभासद् झलक सिहं दर्लामीको सोकिय सचिव दुर्गा नेम्वाङले जानकारी दिए ।
चट्याङबाट घरमा रहेका विद्युतीय सामग्रीहरुसमेत क्षतविक्षत अवस्थामा रहेको बताइएको छ ।
Advertisement







