• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एसियामा साताको उत्कृष्ट खेलाडी किरण चेम्जोङ बने


  •    संवाददाता/ सोमबार, चैत २३, २०७७  

  • काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका छन् ।

    एसियाली फुटबल महासंघ एएफसीले बिहीबार एएएफसी इन्टरनेसनल प्लेअर अफ दी विकमा किरणसहित १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । त्यसमा ९ खेलाडीलाई पछि पार्दै किरण विजेता बनेका हुन् ।

    Advertisement

    यसरी मनोनयनमा पर्ने किरण नेपालकै पहिलो खेलाडी थिए भने उपाधि जित्ने पनि पहिलो खेलाडी बनेका छन् ।

    Advertisement

    एएफसीको वेबसाइटमा मतदान बन्द भएको जनाइएको छ । जसमा किरणले ५५।६९ प्रतिशत मत ल्याउँदै ‘एएफसी प्लेयर अफ दी विक’ बन्न सफल भए । दोस्रो स्थानमा रहेका साउदी अरेबियाका सलेह अल–सेहेरीले २०।७२ प्रतिशत मत पाए । इराकका अल अली हवई तेस्रो हुँदै १०।१६ प्रतिशत मत पाए ।

    किरणले एसियाकै साताको उत्कृष्ट खेलाडीको अवार्ड जित्नु खुसीको विषय भएको जनाएका छन् । ‘यो वर्ष मेरो लागि भाग्यमानी सावित भएको छ । म एकदमै गौरवान्वित छु । नेपालको इतिहासमै यो पहिलो पटक मनोनयनमा परेको र जितेको हो । यो हाम्रो लागि उपलब्धि हो र गर्वको क्षणसमेत हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,’ सँगै मिलेर काम गरे जे पनि सम्भव छ भन्ने उदाहरण हो । मतदानका लागि विशेष धन्यवाद । यो मेरो लागि धेरै हो । सबैलाई माया र समर्थनका लागि धन्यवाद । राष्ट्रलाई गर्व गराउन म अझै कडा मिहिनेत गर्नेछु । सबैलाई माया ।’

    अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा सोमबार सम्पन्न थ्री नेसन्स कपमा नेपालले उपाधि जित्दा किरण कप्तान थिए । उनको कप्तानीमा नेपालले पहिलो उपाधि जितेको हो । जसमा तीन खेल खेल्दा किरणले दुई क्लिनसिट राखे भने एक गोल मात्र व्यहोरे ।

    प्लेअर अफ दी विकको मनोनयनमा किरणसँगै ताजिकिस्तानका एलिसेर जाहालिलोभ, जोर्डनका मुसा अल तामारी, बहराइनका मोहमेद मरहुन, इराकका अला अली महावी, साउदी अरेबियाका सलेह अल सेहरी, इरानका सरदार अज्मोउन, जापानका युया ओसाका, कतारका मोहमेद मुन्तारी र युएईका अली मब्खोतुन परेका थिए ।

    अनलाइनखबर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.