बिर्तामोड । २ दिनदेखि बेपत्ता झापा बिर्तामोडस्थित गाउँले होटलका संचालक तिलक निरौलाको शव मेचीनगर १२ को प्रगती सामुदायीक बनमा फेला परेको छ । बिर्तामोड ५ निवासी ५० बर्षीय निरौलाको शव आज बिहान जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले अहिले घट्नास्थलमा घेरा हालेको छ भने अनुसन्धानका लागी तालिमप्राप्त कुकुर सहितको बिशेषज्ञ प्रहरीहरुको टोली धरानबाट आउँदै गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले जानकारी दिनुभयो ।
निरौला मोटरसाइकलसहित २ दिनअघि बेपत्ता भएको बताइएको छ । उनको बारेमा मे. ९ प २२०९ नम्बरको मोटरसाइकलसहित निरौला बेपत्ता भएको सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
Advertisement







