सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीबाट खानेपानी ल्याएर काठमाडौंबासीको धारामा खसाल्ने करिब ३० वर्षको सपना अहिले साकार भएको छ । वर्तमान सरकारले यो कार्यको जस लिनु सामान्य हो भने अर्कोतिर विपक्षी दल नेपाली कांग्रेसले पनि यसको जस आफूले लिने प्रयास गरिरहेको छ ।
आज शुक्रबार भृकुटीमण्डपबाट राष्ट्रपतिले मेलम्ची आयोजनाको पानी वितरण औपचारिकरुपमा उदघाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीसमेत उपस्थित हुने छन् । तथापि भृकुटीमण्डमा आयोजना गरिएको पानी वितरण समारोहमा खानेपानी मन्त्रालयले राष्ट्रपति र प्रधानमन्त्रीका साथमा कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि बोलाएर कांग्रेसको भूमिकालाई पनि आत्मसाथ गर्न खोजेको देखिएको छ ।
उता पानी वितरणको औपचारिक उदघाटन नै हुन नपाउँदै नेपाली कांग्रेसका १० नम्बर वडा अध्यक्ष रामकुमार केसीले नयाँ बानेश्वरस्थित आकाशे पुलमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको तस्वीर राखेर यो आयोजना कांग्रेस नेताको सपना रहेको बताउन भ्याइसकेका छन् ।
वडाध्यक्ष केसीले टाँगेको ब्यानरमा लेखिएको –सन्त नेता कृष्णप्रसाद भट्टराईको सपनापछिको मेलम्ची पानीको योजना राजधानीबासीको दुखको निराकरण ३० वर्षमा यथार्थमा परिवर्तन, जय नेपाल ’
त्यसो त नेपाली कांग्रेसको प्रचार विभागले तयार पारेको भिडियो फुटेजमा काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा मेलम्ची आयोजना कांग्रेस नेता भट्टराईको सपना थियो आज पूरा भएको छ ,बधाई काङ्ग्रेस ,मजदुर ,बिदेशी सहयोगी र सिन्दुपाल्चौक बासीलाई भन्दै ब्याख्या गरिरहदा वर्तमान सरकारको नेतृत्व गरिरहेको एमाले र केपि ओलि लाई कतै कुनै नाम नै उचारण नै प्रयोग गरेनन् ।
मेलम्चीको पानी काठमाडौं ल्याउँछु भनेर पहिलोपटक भाषण गर्ने कांग्रेस नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नै थिए । तर, त्यो आयोजना पूरा हुन ३० वर्ष लाग्यो । तर नैतिकता सकिएको जस्तो काङ्ग्रेसले मात्र जस लिन खोज्ने काङ्ग्रेसका पालामा कति बिकास भयो आम नागरिकले नियालेका छैनन् ।
आखिर ३० वर्षसम्म विभिन्न सरकारहरुले काम गरेपछि बल्ल साकार भएको मेलम्ची खानेपानी आयोजनाको जस कसलाई दिने ? कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई कि वर्तमान प्रधानमन्त्री केपी ओलीलाई ? यो सपना कस्को पालामा पूरा भयो ,कस्को सरकार छ, अहिले यति पनि ख्याल नगर्ने काङ्ग्रेस प्रवक्ता ज्यु ?







