• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पहिलो वर्षका लागि स्मार्ट लाइसेन्सको साटो क्यूआर कोडसहित कार्ड दिने तयारी


  •    संवाददाता/ बिहिबार, चैत १९, २०७७  

  • काठमाडौं । सरकारले ट्रायल पास गरेको एक वर्षसम्मको अवधिका लागि छुट्टै सवारी चालक अनुमतिपत्र लाइसेन्स जारी गर्ने भएको छ । चालकले एक वर्षसम्म परीक्षण कालको रुपमा बिताउनुपर्ने भन्दै सो अवधिका लागि छुट्टै कागजी लाइसेन्स जारी गर्ने तयारी भएको हो ।

    विभागका महानिर्देशक नमराज घिमिरे एक वर्षका लागि क्विक रेस्पोन्स क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स जारी गरिने बताउँछन् । ‘अब आगामी जेठदेखि ट्रायल पास भएको एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स दिन्छौं,’ उनले भने,’त्यसको चार वर्षपछि चालकले फेरि लाइसेन्स नवीकरण गराउनुपर्छ ।’

    Advertisement

    क्यूआर कोडबाट ट्राफिक प्रहरीले सडकमा लाइसेन्स सक्कली हो वा नक्कली हो भनेर पुष्टि गर्नसक्ने घिमिरेले बताए ।

    Advertisement

    विभागका अनुसार परीक्षणकालीन लाइसेन्समा ट्राफिकले ५ वटाभन्दा बढी प्वाल पारेमा चालकले फेरि लाइसेन्सको परीक्षा दिनुपर्नेछ । गम्भिर प्रकृतिका ट्राफिक नियम उल्लंघन भएमा लाइसेन्समा प्वाल पर्ने व्यवस्था भएपनि स्मार्ट लाइसेन्समा त्यस्तो कारवाही सम्भव भएको छैन ।

    ‘एक वर्षभित्र परीक्षणकालीन लाइसेन्स ५ भन्दा बढी प्वाल परेमा स्मार्ट लाइसेन्स दिँदौनौं,’ महानिर्देशक घिमिरेले भने ।

    लाइसेन्सको मागअनुसार यातायात विभागले छपाइको व्यवस्था पनि गर्न सकेको छैन । लाइसेन्स छपाइ ढिलो हुँदा अहिले धेरै चालकहरु कर तिरेको रसिद बोकेर हिँड्न बाध्य छन् ।
    क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स जारी गरेपछि आफू लाइसेन्सविहीन भएर सवारी चलाउनुपरेको भन्दै हुने गुनासो पनि घट्ने महानिर्देशक घिमिरे बताउँछन् ।

    अनलाइनखबर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.