• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कोरोना संक्रमणबाट सावधानी: बिर्तामोडका सम्पूर्ण साप्ताहिक हाटबजार बन्द


  •    संवाददाता/ मङ्गलबार, चैत १७, २०७७  

  • बिर्तामोड । कोरोना संक्रमण फैलिदै गएपछि बिर्तामोड नगरपालिकाले नगर क्षेत्र भित्र लाग्ने सम्पूर्ण साप्ताहिक हाटबजार बन्द गरेको छ ।

    बढी भीडभाडमा कोरोना संक्रमण फैलिन सक्ने भएकाले साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरिएको हो । मंगलबार बसेको नगरस्तरीय कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताएका छन् ।

    Advertisement

    बिर्तामोड क्षेत्रभित्र बुधबारे हटिया, बिर्ताबजार, गरामनी , सैंनिकबजार, चारपाने, चैतुबारी लगायतका स्थानमा हाटबजार लाग्ने गरेको छ । ती सबै हाटबजार लाग्न नदिने निर्णय गरिएको खड्काले बताए । त्यसैगरी नगरभित्र २५ जनाभन्दा बढी मानिसको भीड हुन नदिने बैठकले निर्णय गरेको छ । २५ जनाभन्दा बढी भीडभाड हुने खालका कार्यक्रम , बैठक , सेमिनार , गोष्ठीजस्ता कार्यक्रम गर्न नदिने निर्णयसमेत भएको फोकल पर्सन खड्काले जानकारी दिए ।

    Advertisement

    बैठकमा स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालय झापाबाट प्राप्त परिपत्र अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरु पालना गर्ने र गर्न लगाउने समेत निर्णय भएको छ । मास्क अनिवार्य लगाउने , सेनिटाइजार प्रयोग गर्ने , सामाजिक दुरी कायम गर्ने, भीडभाड नगर्नेजस्ता मापदण्डहरुलाई पालना गरिनुपर्नेमा जोड दिइएको छ ।

    नगरस्तरीय कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिका संयोजक रहेका नगर प्रमुख धु्रवकुमार शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख पवित्रा महतारा प्रसाई , प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङ, नेकपा एमालेका ज्ञानुराम प्रसाई , सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक गौतम योन्जन, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक विजय कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगु , बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई लगायतले एकवर्ष अगाडिको कोरोना कहरको अनुभव सुनाउँदै सावधानीका  उपाय अवलम्बन गरिनुपर्नेमा जोड दिएका थिए ।

    बिर्तामोडमा हालसम्म ७०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३ जनाको मृत्यु भईसकेको छ । नगरपालिकाका ४ हजार ९४५ जनाको पिसिआर परीक्षण गरिएको छ भने १ हजार ७७४ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियानमा ६५ वर्षमाथिका ३ हजार ३९५ जनालाई कोरोनाको खोप लगाइएको फोकल पर्सन खड्काले जानकारी दिए । उनका अनुसार त्यसअघि पहिलो चरणमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी , सफाइकर्मी , कर्मचारी, पत्रकार लगायतलाई कोरोनाको खोप दिइएको थियो । कार्यक्रममा सावधानी सँगसँगै एन्टीजिन टेष्टको दायरा बढाउने निर्णय भएको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.