• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दिवंगत मातापिताको नाममा स्मृति प्रतिष्ठानको स्थापना


  •    संवाददाता/ बुधबार, चैत ११, २०७७  

  • बिर्तामोड । झापाको बिर्तामोड ९ गरामनीका एक प्रसाईं परिवारले दिवंगत मातापिताको नाममा अक्षयकोष राखी सामाजिक सेवा कार्यको थालनी गरेका छन् ।

    अमेरिकामा बसोबास रहेका छोरा बुहारी नन्दिकेशर नरेश र सरिता प्रसाईंले पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरी रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानको स्थापना गराएका हुन् ।

    Advertisement

    प्रतिष्ठान स्थापनाको घोषणा कार्यक्रममाझ आज पहिलो दिनमा नै सासू ससुरालाई खुब माया र सम्मान गर्ने तर श्रीमानबाट प्रताडित एक महिलालाई उत्कृष्ट बुहारीकारूपमा सम्मान गरिएको छ । बिर्तामोड ७ खालबाडीकी संगीता खबासलाई नगद ४ हजार रुपैयाँ पुरस्कार र सम्मान पत्र अर्पण गरिएको हो ।

    Advertisement

    सो अवसरमा परिवारका ज्येष्ठ दुईजना महिला सदस्यहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

    प्रतिष्ठान स्थापनाको उद्देश्य प्रकाश पार्दै अर्का छोरा डिल्लीराम प्रसाईंले प्रतिष्ठानको कार्यक्षेत्र झापा जिल्लाभर रहने जानकारी दिए । भाइ बुहारीले अमेरिकाबाट पठाइदिएको ५ लाख रुपैयाँको अक्षय कोषमा परिवारका सबैको सहभागिता जनाउने उनको भनाई थियो । बैंकमा राखिएको उक्त रकमको ब्याजबाट वार्षिक रूपमा अपांग, असहाय, जेहेन्दार, गरिव, विपन्न तथा लक्षित वर्गका मानिसलाई पहिचान गरी सम्मान तथा पुरस्कार एवम् राहत प्रदान गरिने प्रसाईंले बताए ।

    रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानको स्थापना गरी ९ जनाको समिति बनाइएको, अक्षय कोषमा राखेको रकमबाट आउने ब्याज समितिले पहिचान गरेको समाजका विभिन्न क्षेत्रको उत्थानमा लगाउने उनको भनाई छ ।

    रूपनारायण–पवित्रा प्रसाईंका ज्वाईं तथा प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद संग्रौलाको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रम व्यवसायी कूलप्रसाद खरेलले ब्यानर वाचनमार्फत् गरिएको हो । सो कार्यक्रममा खरेल, संग्रौला, प्रसाईंसहित पत्रकार गोपाल काफ्ले, शिक्षक लक्ष्मण शिवाकोटी, सामाजिक व्यक्तित्वहरु पूर्णप्रसाद ओडारी, टंक आचार्य लगायतले आफ्ना धारणा राखेका थिए ।

    शिक्षक लक्ष्मण शिवाकोटीले धन नहुनेको मन हुन्छ तर मन हुनेको धन नहुन सक्छ भन्दै आफ्ना पूर्वजको नाम चीरस्थायी बनाउन प्रसाई परिवारले शुरु गरेको काम सराहनीय भएको बताए ।

    यस्तै अर्का वक्ता टंक आचार्यले कर्मशील आमा बुवाको नाममा प्रतिष्ठान स्थापना गरिनु उहाँहरूप्रति सच्चा सम्मान र श्रद्धाञ्जली भएको जिकिर गरे। पहिलो कार्यक्रममा नै उत्कृष्ट बुहारी पहिचान गरी सम्मान गरिनु अनुकरणीय थालनी भएको भनाई राखे ।

    कार्यक्रमका अध्यक्ष कमल संग्रौलाले प्रतिष्ठानलाई मजवुत बनाउन ८ दाजुभाइ सबैले सहयोग गर्ने, नाता सम्बन्ध भित्रबाट कोषमा रकम थप गर्दै जाने र अग्रणी प्रतिष्ठान बनाउने योजना रहेको सुनाए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.