• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सिरीजङ्गा नचानु विष्णु चौतारा टोल विकास समितिमा नयाँ नेतृत्व, अध्यक्षमा श्रेष्ठ


  •    संवाददाता/ आइतबार, असार २८, २०८३  

  • झापाको बिर्तामोड नगरपालिका-१ स्थित सिरीजङ्गा नचानु विष्णु चौतारा टोल विकास समितिको चौथो साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

    साधारण सभाले तिलकनारायण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

    Advertisement

    नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा नानु कडरिया, सचिवमा भरत प्रसाईं, कोषाध्यक्षमा जयन्ती खनाल तथा सदस्यहरूमा मिरा ढकाल, अम्बिका सुब्बा, गणेश गौतम, धनमाया भट्टराई र ममता बिमली चयन भएका छन् ।

    Advertisement

    समितिका अध्यक्ष भोजकुमार मास्केको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका-१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे रहेका थिए ।

    अध्यक्ष मास्केले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगत एक वर्षमा समितिले सञ्चालन गरेका गतिविधि, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराएको कार्यक्रमको उद्घाटन टोलका ज्येष्ठ नागरिक कमलबहादुर राउतले पानसमा दीप प्रज्वलन गरी गरेका थिए ।

    शाखा सरगम संगीतालयका प्रतिभाशाली कलाकार हर्षिका गौतम, आदिमा लिम्बु युन्छुमा लिम्बू ऋषिमा दाहाल, अनुष्का खरेल, मान्सी सापकोटा, अनमिन लुइँटेल लगायतको सांगितिक प्रस्तुतीले कार्यक्रममा रौनकता थपेको थियो ।

    प्रमुख अतिथि वडाध्यक्ष पाण्डेले स्थानीय सरकारको विकास अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न टोल विकास समितिको महत्वपूर्ण भूमिका रहेको बताए ।

    कार्यक्रममा वडा सदस्य योगचन्द्र आङबुहाङको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन परिचालन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो । समितिको सदस्य सचिवमा नरेन्द्र राउत तथा सदस्यमा उमादेवी खनाल रहेका थिए ।

    कार्यक्रममा वडा सदस्य जानुका देवी बस्नेत, योगचन्द्र आङबुहाङ, पञ्चकन्या सोसाइटी प्रगति टोलका अध्यक्ष राजन दाहाल, सामाजिक व्यक्तित्व किशोर तिम्सिना, देवी पञ्चकन्या टोल विकास समितिका अध्यक्ष टिका संग्रौला, झापा नाटकघरका सञ्चालक तथा नाट्यकर्मी राजकुमार भट्टराई, टोल विकास समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा उल्लेख्य संख्यामा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

    समितिकी उपाध्यक्ष सावित्रा अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव हिरानन्द थपलियाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.