झापाको बिर्तामोड नगरपालिकाले पशुपालन व्यवसायलाई थप सहज बनाउन कृषि सामग्री वितरण गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईं र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले कृषकहरूलाई चापकटर र काउम्याट हस्तान्तरण गरेका हुन् ।
नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाअन्तर्गत ५० प्रतिशत लागत साझेदारी कार्यक्रममार्फत ३० थान कुटी काट्ने चापकटर र ६५ थान काउम्याट वितरण गरिएको हो ।
Advertisement
उक्त अवसरमा बोल्दै नगर प्रमुख प्रसाईंले नगरपालिकाबाट सहुलियतमा प्राप्त सामग्रीको सदुपयोग गरी उत्पादन वृद्धि तथा व्यवसायिक पशुपालनमा जोड दिन कृषकहरूलाई आग्रह गरेकी छन् ।







