जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक जना महिलाको मृत्यु भएको छ ।
आज बिहान ४:५५ बजे मेचीनगर नगरपालिका ४ नं.वडा कार्यालय अगाडी बस्ने ६२ वर्षीया पद्मा पौडेल घरबाट बाहिर निस्कने क्रममा अचानक एउटा जंगली हात्ती आई उनलाई आक्रमण गरेको थियो । हात्तीले कुल्चिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक बीरेन्द्र कोइरालाको कमाण्डमा टोली खटिएर आवश्यक कानुनी प्रक्रियापश्चात् पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल भद्रपुरमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement







