काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा गएराति पानी परेको छ ।
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै झापामा ८५ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । झापासहित दाङ, तनहुँ, काठमाडौँमा पनि मध्यमसम्म वर्षा भएको छ । पानी परेका क्षेत्रमा केही शीतल महसुस भएको छ ।
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ । आज पनि देशका धेरैजसो भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
Advertisement
त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै ठाउँहरू तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई ठाउँहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।







